बुधबार , फागुण १६, २०८०

पाएपछि राज्यमन्त्री पदबाट उनलाई बर्खास्त गरिएको थियो। यसैगरी, कञ्चनपुरकै वेदकोटगढी नगरपालिकाका पूर्वनगरप्रमुख अशोक चन्द पनि सोही दिन एकीकृत समाजवादी छाडेर एमालेमा फर्किए।

 

गुल्मीमा पनि पहिरो

गुल्मी–२ बाट एकीकृत समाजवादीकी प्रभावशाली नेता तथा पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्री चुनाव लड्ने तयारी गरिरहेकी छिन्। हाल जिल्ला केन्द्रित उनी त्यहीँ रहेका बेला जिल्ला अध्यक्षसहित जिल्लाका अन्य नेता कार्यकर्ताहरू एमालेमा फर्किए।

 

एक हप्ताअघि एमाले गुल्मीले आयोजना गरेको कार्यक्रमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्।

 

एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको टोली एमालेमै फर्किएका छन्।

 

एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिस्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमै फर्किएको बताए। नेपाली कांग्रेसलाई शक्तिमा लैजाने एकीकृत समाजवादीको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको भण्डारीको भनाइ थियो।

 

फर्किदै पुरानो घर, कारण टिकटनपाउने डर

एकीकृत समाजवादी सत्ता गठबन्धनसँग मिलेर चुनावा लड्दैछ। गठबन्धनसँग मिलेर चुनाव लड्दा धेरै ठाउँमा उक्त पार्टीका उम्मेदवार हुने छैनन्। त्यस्तो अवस्थामा नेताहरूमा टिकट नपाउने डर बढेको छ। अहिले सिफारिस भएपनि उक्त ठाउँ अर्कैलाई छाड्नुपर्ने ‘हिसाब किताब’ देखिएपछि उनीहरूले पार्टी छाडेको देखिन्छ।

 

सुदूरपश्चिमका बहालवाला दुई सांसद लामा र चौधरीको कुरा गर्दा उनीहरू ककञ्चनपुर १ ‘क’ र ‘ख’ बाट प्रदेश सभा सांसद छन्। आगामी निर्वाचनमा उनीहरु त्यहीँ दोहोरिने सम्भावना गठबन्धनमा बस्दा कमजोर थियो र प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बीना मगर छिन्।

 

गठबन्धनबाट उनी नै दोहोरिने सम्भावना बलियो छ। तर, कांग्रेसको बलियो क्षेत्र रहेकाले छाड्ने मनस्थितिमा स्थानीय नेता छैनन्। केन्द्रमा माओवादी केन्द्र जाँदा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसलाई छाड्नुपर्ने हुन्छ।

 

गुल्मी–१ मा कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी चुनाव लड्दै आएका छन्। एमालेका प्रदीप ज्ञवालीसँग उनी नै प्रतिस्पर्धा गर्नेछन्। गुल्मी- २ मा एकीकृत समाजवादीले पाउँदा पूर्वमन्त्री झाँक्री तयार भएकी छिन्। त्यसकारण स्थानीय नेता-कार्यकर्ताले भविष्य देखेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय