नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिएअनुसार नभएको बताउनुभएको हो ।

उहाँले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताउनुभयो । देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालकाे भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन ।

अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्‍याे ।’ अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताउनुभयो । उहाँले ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गर्नुभयो ।

चुनावको मुखमा प्रचण्डलाई ठूलो धक्का , दाहिने हात भाँचिएको बराबरको पीडा थपियो !

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति नजिक आउदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई ठूलो धक्का लागेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्पर्धा गर्न लागका प्रचण्डलाई दाहिने हात भाँचिए बराबरको धक्का लागेको छ । प्रचण्डका चुनावी कमाण्डरनै माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र चितवनका सह इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् । जिल्लामा उनलाई निकै प्रभावशाली नेताको रुपमा चिनिएको छ । परियार एमाले प्रवेश गरे पछि चितवनमा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने विश्लेषण सुरु गरिएको छ ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

परियारको प्रवेशले प्रचण्डलाई ठूलो धक्का लागेको र प्रचण्डले चितवन छोडेर अन्तै निर्वाचन लड्न जान सक्ने सम्मको आकलन समेत पनि गरिएको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रचण्डसँग आजित माओवादी केन्द्रको ठूलो तप्का अब एमालेमा जोडिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय