शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

 

काठमाडौं…

कञ्चनपुर् । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेका छन्।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

सोमबार लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो।

 

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट शारदा राना, घुम्मा राना, हसन्ती बडायक, बालकुमारी राना, रामदुलारी राना, फूलमति राना, रामवती राना, वसन्ती राना, अनिला राना, पार्वती राना, सोमवती राना, रामवेटी राना, फूला राना, रानी राना, सपना राना, सबिता राना, इन्द्रा राना, शंकरिया राना,

 

छलिया राना, सुधामा राना, सोमबती राना, पूजा राना, भिक्खो राना, छगो राना, बिर्छो राना, समुन्दर राना, छत्तर राना, भुल्ले राना, फिरिया राना, घुम्मा राना (ख), सोमबती राना ९ख०, राधे राना, पानमती राना, छब्ली राना, शान्ति राना, जानकी राना, सीता राना, क्षेत्रमति राना, सीता राना ९ख०, रामसिंह राना, हेसराम राना लगायत रहेका छन्।

 

त्यसैगरि नेकपा ९एमाले० बाट छोटी राना, सोनु राना, इञ्जर राना, सुब्बन राना, लालबहादुर राना, राजपाबाट कलावती राना लगायत रहेका छन्।

 

माओवादी केन्द्रको बिस्तारित बैठकका सन्दर्भमा आयोजित कार्यक्रममा गाउँपालिकामा प्रभाव राख्ने स्थानीय नेताहरु माओवादीमा प्रवेश गरेका हुन्।

 

कार्यक्रमलाई पूर्वमन्त्री मगर र जिल्ला इञ्चार्ज चौधरीका साथै लालझाडी गाउँपालिकाका सहइञ्चार्ज भक्त राना र अध्यक्ष मद बडायकले समेत सम्वोधन गरेका थिए।

 

पार्टी प्रवेश गराउँदै कञ्चनपुर क्षेत्र नं.-१ का सांसदसमेत रहेका पूर्वमन्त्री मगरले लोकतन्त्र, संविधान र समाजवादको पक्षमा उभिएर पार्टी प्रवेश गर्नेहरुलाई न्यायोचित जिम्मेवारी दिइने बताइन्।

 

‘‘तपाईहरुले संविधान र लोकतन्त्रको पक्षमा जुन प्रतिवद्धता देखाउनुभएको छ। यसको हाम्रो पार्टी उच्च सम्मान गर्दछ’’ पूर्वमन्त्री मगरले भनिन्, ‘‘तपाईहरुलाई माओवादी केन्द्रमा न्यायोचित जिम्मेवारी दिइनेछ।’’

 

पूर्वमन्त्री मगरले नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुगेर पनि प्रधानमन्त्री ओलीको गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैलीका कारण धक्का खाएको बताइन्। उनले भनिन्, ‘‘नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुग्दै थियो। समाजवादको राम्रो आधार तयार हुँदै थियो।

 

तर, नेकपाभित्रको एउटा शक्तिमा गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैली देखा पर्‍यो। त्यसकारण कम्युनिस्ट आन्दोलनमा धक्का लागेको छ।’’

 

मन्त्री मगरले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने आफूहरुको प्रयास जारी नै रहेको बताइन्। ‘‘केही शक्ति र व्यक्तिहरु कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागे पनि माओवादी केन्द्र निरन्तर बलियो कम्युनिस्ट केन्द्र बनाउने प्रयत्नमा छ। ढिलोचाँडो फेरि कम्युनिस्टहरुको ध्रुवीकरण हुने परिस्थिति बन्छ।’’

 

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

 

आत्मदाह प्रयासपछि प्रहरीको नियन्त्रणमा रहेकी निहारिका स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अपस्तालमा ।

 

काठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

 

उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएको महाराजगन्ज वृत्तका डिएसपी अंगुर जिसीले बताए । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए ।

 

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् ।

 

त्यसक्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् ।

 

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

 

त्यस सम्झौतामा निहारिकाले बलात्कार गरेको आरोप लगाएको शिवराम श्रेष्ठ र छोरा डीएनए परीक्षणको कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनीहरुको सुरक्षा र आश्रयको व्यवस्था सरकारले गर्ने, आर्थिक साहयता उपलब्ध गराउने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउने उल्लेख थियो ।

 

तर सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुन: धर्ना दिन थालेकी हुन् । साउन २० गते उनले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो ।

 

शुक्रबार भने उनले वसन्तपुरबाट ट्याक्सीमा शीतल निवास अगाडि ओर्लिएर आफैंले बोतलमा ल्याएको पेट्रोल शरीरमा खन्याउँदा खन्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

 

काठमाडौँ — न्यायकाे माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महाेत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

 

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणकाे हातबाट जुस पिएर अनसन ताेडेकी हुन् ।

 

दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाको छाेराकाे डीएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री न्याय बनाउन पहल गर्नेलगायत सहमति भएकाे छ ।

 

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय