बिहिबार , फागुण १०, २०८०

एमालेको पोलिटव्यूरो सदस्य, राष्ट्रिय युवा संघका इन्चार्ज, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना गर्ने प्रकृति हैसियतसमेत नभएको दावी गरेका छन् ।

 

मुलुक र नेपाली जनताको लागि राष्ट्रिय समस्या माओवादीका अध्यक्ष प्रचण्ड भएकाले प्रचण्डले नेतृत्व गरेको पार्टी माओवादीलाई दिउँसै टर्च लगाएर खोज्नुपर्ने अवस्था आएको नेता बस्नेतले टिप्पणी गरे ।

 

राष्ट्रिय युवा संघ नेपाल, सियारी गाउँपालिका रुपन्देहीको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओावदी, नेकपा एस, जसपा तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनलाई लक्षित गर्दै पाँचवटा लड्डु एकै पटक खाना खोज्दा अड्कीएर माधव नेपाल र प्रचण्ड सडकमा पच्छारिएको बताए ।

 

मुलुक अब एमालेको वरिपरिमात्र घुम्न सक्ने अवस्था बनेको उल्लेख गर्दै नेता बस्नेतले माधव तथा प्रचण्ड जस्ता सडे गलेका नेता तथा पार्टीलाई बोकेर निर्वाचन तथा सरकारमा नजाने सुझाब दिएका छन्।

 

देउवाको अब दुई वटा विकल्प रहेको जसमा पहिलो विकल्प संसद विघटन गरी अर्ली एलेक्शन र दोस्रो एमालेसँग सत्ता सहकार्य । एमाले सडे गलेकाहरुलाई बोकेर सरकारमा जाँदैन । प्रचण्ड र माधव जस्ताको पार्टी सडेगलेका पार्टी बोकेर एमाले सरकारमा जाँदैन ।

 

प्रचण्ड त अब मुलुक र जनताको नजरमा निर्वाचनको समयमा प्रयोग गरिने म्यादी प्रहरीमा भर्ना समेत हुने नसुहाउने बनेका छन् । त्यसैले अबको मुलुक नेकपा एमाले वरिपरि घुम्ने छ । जनता र मुलुकको लागि प्रीय पार्टी बननेछ ।’

 

देश चलाउन सकेनौं भनेर कांग्रेसले हात उठाएपछि एमालेले मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्ने उल्लेख गर्दै नेता बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले माओवादी, जसपाले आफ्नो सांसदलाई कारवाही गर्दा सदर गर्ने र एमालेको कारवाही बदर गरि माओावदीको कार्यकर्ता जस्तो बनेको आरोप लगाए।

 

सरल रेखामा हिड्न खोजेको नेपाललाई गठबन्धनको सरकारले बक्र रेखामा हिडाउन खोजेको आरोप लगाउँदै उनले प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवरालाई लगाईएको महाअभियोगको बहानामा देशलाई अन्धकारको यात्रामा अगाडी

 

बढेको बताए । बहाना महाअभियोग तर तिर अर्कै तिर भएको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनको सरकारले महाअभियोगको बहानामा स्थानीय तहको निर्वाचन नगर्ने खेलमा रहेको बताए ।

 

सर्वोच्च अदालतले हिजो मात्र स्थानीय तहको निर्वाचन नगराउने खेल शुरु गरेको उल्लेख गर्दै गठबन्धनका यस्ता षड्यन्त्रहरुलाई एमालेले एक एक गरेर पन्छाउने दावी गरे।

 

एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं । कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ ।

 

‘उहाँहरू(कांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने,’ एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’

 

कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेको एमालेको बुझाइ छ । कांग्रेसले यति भाग नदिए एमालेतिर लाग्छु भनेर प्रचण्डले दङ्ग्याइरहेको एमलेले बुझेको छ ।

 

‘यही कुरा कांग्रेसलाई भनिरहेको छौं । प्रचण्डले एमाले देखाएर कांग्रेसलाई त्रासमा राखेको डर अहिल्यै समाप्त पारौं । यो घाडो अब नबोकौं । एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,’ एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् । ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए ।

 

यो कुरामा कांग्रेस नेताहरू सकारात्मक रहेपनि सभापति देउवा एमालेले माओवादी केन्द्रलाई बोक्दैन भन्ने कुरामा अझै आश्वस्त हुन सकेका छैनन् । जापान जानुअघि ओलीलाई भेट गरेका मिनेन्द्र रिजालले पनि देउवालाई कन्भिन्स गर्न सकेका छैनन् । यसबीचमा ओली आर्फैले पनि देउवालाई आफूले माओवादीसँग मिलेर चुनाव नलड्ने आश्वासन दिएका थिए ।

 

‘माधवकुमार नेपाललाई एमालेले बोक्दैन भन्नेमा त हामी विश्वस्त छौं । तर माओवादीको हकमा अझैं विश्वस्त हुन नसकिरहेको अवस्था हो । के थाहा भोलि तलको आवश्यकता भन्दै भटाभट तलतलै एमाले र माओवादी मिल्न सक्छन्,’ कांग्रेस नेताहरु भन्छन ।

 

कांग्रेस र एमालेबीचको यस्तो संवादमा एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू सक्रिय रहेको स्रोत बताउछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै कांग्रेसका नेता शेखर कोइराला,मिनेन्द्र रिजाल लगायत देउवाका निकटस्थ नेताहरुलाई पनि यस्तो प्रस्ताव राखिसकेका छन् ।

 

गठबन्धन नै हुने अवस्थामा कांग्रेसले सोचेजस्तो नतिजा नआउने र आफ्नो पनि सोहीअनुसारको ‘गेम’ हुने मनोवैज्ञानिक त्रास पनि एमालेले कांग्रेस नेताहरूलाई तेस्र्याएको छ ।

 

गठबन्धन हुँदा कांग्रेसका देशभरी नै विद्रोही उठ्ने अवस्था देखिन्छ । यस्तोमा एमालेले आफू नजित्ने ठाउँमा तीनै विद्रोहीलाई बोक्ने, आफू जित्ने ठाउँमा उनीहरूलाई उक्साउने र मत काट्न लाउने रणनीतिको डर कांग्रेसलाई नभएको होइन । केही जिल्लाका कांग्रेस नेताहरुले यसबीचमा एमालेको साथ लिएर विद्रोही बन्ने तयारी समेत गरिसकेका छन्े ।

 

गठबन्धन दलमा सीटको किचलो बढ्दै जाँदा कांग्रेस तालमेलको निर्णयबाट ब्याक भएर एमालेकै रणनीतिअनुुसार एक्लाएक्लै चुनावमा जाने अवस्थामा आउन सक्यो भने माओवादी र नेकपा एसको ‘बिल्लीबाठ’ हुने आशा एमालेको छ । एमालेको चाहना भनेको कांग्रेसले प्रचण्ड माधवलाई नबोकेस् र उनीहरु चुनावमा परास्त हुन् भन्ने नै हो ।

 

कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा उत्रिदा पहिलो पार्टी बन्न सकिने विश्वास एमालेमा छ । त्यतिमात्र होइन एमालेले आफ्नो विगतको साइजमै पुग्ने अनुमान गरेको छ । गठबन्धन हुँदा प्रत्यक्षतर्फ हुने क्षति आँकलन गरेरै उसले कांग्रेसलाई एक्लै लड्न प्रेरित गरिरहेको छ ।एमाले उपाध्यक्ष सुवास नेम्वाले भने–गठबन्धन गर्ने नगर्ने उहाँहरुको कुरा हो । यो गठबन्धन मुलुकको हितमा छैन भनेर एमालेले भनिरहेकै छ ।

 

जहाँसम्म कांग्रेसको आशंकाको कुरा हो,हामीले त पहिले नै भनिसकेका छौं उहाँहरुलाई कि हामी यो चुनावमा माओवादीसँग कुनै किसिमको सहकार्य गर्दैनौं । अब एमाले देखाएर माओवादीले कांग्रेसलाई त्रासमा राख्छ भने त त्यो उहाँहरुको समस्या हो ।सीट बाँडफाँट पेचिलो बन्दै जाँदा सय सीटको बटमलाइन लिएको कांग्रेस ८५ मा झरिसकेको छ । तर पनि गठबन्धन दलहरुको चित्त बुझेको छैन ।

 

जसपा नेपाल गठबन्धनबाट बाहिरिने चेतावनी दिइरहेको छ । सीट बाँडफाँट अन्तिम चरणमा पुगेर असफल हुने र मिलेका केही शीर्ष नेताको ठाउँबाहेक अन्य मित्रवत प्रतिस्पर्धा गरौं भन्ने ठाउँमा गठबन्धनल ाई पुर्याउनका लागि कांग्रेसकै केही नेताहरुको प्रयास जारी छ ।

 

स्थानीय तहको निर्वाचन नतिजा अनुसार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ७६ मा कांग्रेस, ७१ मा एमाले, ८ मा माओवादी केन्द्र, जसपा ५, लोसपा २, नेकपा एस १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा जित्ने तथ्यांक देखिन्छ । यो भनेको वडाको मतको आधारमा निकालिएको तथ्यांक हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय