आइतबार , फागुण २०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले धेरै कुरा सिकाउँने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आ त्मह त्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै मेयर शाहले सो कुरा गरेका हुन् । ‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्ने उनको भनाई छ ।

 

विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउदैमा हरेश खाइहाल्नुपर्ने नहुने पनि उनले बताए । आफ्नो उदाहरण दिदै उनले आफू सँधै गणितमा फेल हुने गरेको पनि बताए । आफू सँधै गणितमा फेल भएपनि हार नखाँदा इन्जिनियर बनेको उनले बताए ।

 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए । राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको उनले बताएका थिए ।

 

‘आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ,’ गृहमन्त्री खाणले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय