बिहिबार , फागुण १०, २०८०

राजनीति

टुकुचा खोला खोज्न हिडेका बालेनलाई एक्कासि अदालत बाधक बनेर आयो, अदालतले दियो यस्तो आदेश

 

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश – असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलायो (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२ असोज, काठमाडौं ।

 

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

 

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

 

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

 

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

 

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

 

काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ । महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन ।

 

टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।

 

बिहीबार महानगरले जय नेपाल हलको प्राङ्गणबाटै टुकुचा खोला खोज्न उत्खनन सुरु गरेको थियो । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको कम्पाउण्डमा पनि महानगरले उत्खनन गरेको थियो ।

 

यस्तो छ टुकुचाको बाटो

 

काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खनन गरेको छ । महानगरपालिका वडा-१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा लामो समयदेखि हराएको टुकुचा फेला परेको हो ।

 

जय नेपाल हलको कम्पाउण्डमा महानगर र सडक विभागको डोजरले ४० मिनेट लगाएर १५ फिट भन्दा धेरै खनेपछि इँट्टाको ढल बनाएर बगाइएको भेटिएको हो । बागमतीमा नसमेटिँदासम्म टुकुचा कुन बाटो भएर बग्छ, हामीले त्यसको नक्सा यहाँ प्रकाशन गरेका छौं ।

 

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ । यो बीचमा टुकुचा हराउँदै आएको थियो ।

 

इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो ।

 

टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

 

निर्मल निवासबाट सूरु भएको टुकुचा टुँडालदेवी मन्दिर नजिकैबाट दक्षिणतर्फ बग्छ । त्यस पछि किर्तन चोक हुँदै गैह्रीधारासम्म बग्दै टुकुचा चोकबाट नारायणहिटी दरबार संग्रालय भित्र टुकुचा भूमिगत हुन्छ । त्यहाँ भूमिगत भएको टुकुचा हात्तिसारदेखि दक्षिणतर्फ आएर काठमाडौं प्लाजाको छेउमा मात्रै भेटिन्छ ।

 

शंकरदेव क्याम्पसको छेउ हुँदै भृकुटीमण्डपको कुनाबाट बग्ने टुकुचा थापाथली क्याम्पस हुँदै त्रिपुरेश्वरको ब्लु बर्ड मल हुँदै कालमोचन मन्दिर छेउबाट बागमतीमा मिसिन्छ ।

 

फुटपाथ खाली गर्ने बालेनको अभियानविरुद्ध एमाले निकट श्रमिक सडकमा

 

नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ ।

 

एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ । व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।

 

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए । उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताए । ‘हेर्दा मेयरको अभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

 

उनले अघि भने ‘बेलुका ५ देखि ७ बजे खली ठाउँमा बस्दा मेयरलाई टाउको किन दुख्छ ?’ अध्यक्ष श्रेष्ठले दशैं, तिहारका बेला स्वरोजगार श्रमिक भोकै पर्ने अवस्था आएको बताए । उनले महानगरपालिकाले खाली ठाउँमा व्यवस्थित बजार बनाए स्वरोजगार श्रमिकले कर तिरेर व्यवसाय गर्ने बताए ।

 

महानगरपालिकाका मेयर बालेन साहलाई ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाए ।

 

ज्ञापनपत्र बुझाउन गएकी नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले मेयर बालेन साहले सडकमा रोइरहेको श्रमिकको आवाज नसुनेको बताइन् ।

 

‘यत्रो सडकमा रोइरहेका कराइरहेका जनताको आवाज सुन्नुभएन कसको आवाज सुन्नुहुन्छ ? अहिलेको अवस्थामा सडक पेटीमा फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई वैकल्पिक स्थान दिन नसके पनि निश्चित टाइम टोकेर गरिखाने वातावरण दिनुपर्‍यो’ उनले भनिन् ।

 

उनले अगाडि भनिन्, ‘हामीलाई थाहा छ सडक पेटीमा बस्नु हुँदैन, त्यहाँ व्यवसाय गर्ने ठाउँ होइन, हाम्रो भनाइ के हो भने २४ घण्टामा २ घण्टा त गरिखाने वातावरण दिनुस् ।’

 

स्वरोजगार श्रमिकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न खाली ठाउँमा सस्तो बजार बनाउनुपर्ने वा सन्ध्याकालीन व्यापारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

 

त्यस्तै काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीबाट जफत गरेको सामान फिर्ता नदिई लिलाम गर्ने गरेको छ । संघले ती सामान सम्बन्धि व्यापारीर्ला फिर्ता गर्नुपर्ने, फुटपाथ व्यापारीको समस्या समाधानका लागि आफूहरुको समेत सहभागितामा नीति बनाउनुपर्ने माग पनि गरेको छ ।

 

‘राज्यले रोजगारी दिन सक्दैन, हजारौं नागरिकले काम देउ भनेका छैनन्’ उनले भनिन्, ‘ उनीहरुलाई सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ ।’

 

संघले महानगरका सबै वडामा नागरिक बजार वा सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, दर्शै तिहार र छठसम्म विहान बेलुका सडकमै व्यापार गर्न दिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय