शुक्रबार , बैसाख ७, २०८१

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ ।

 

 

 

जुन यसप्रकार छन् :दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

 

जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

 

यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ । सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

 

वास्तुशास्त्रमा कुनै पनि काम शुरु गर्नुपुर्व ज्योतिषसँग परामर्श लिने गरिन्छ। राशि अनुसार काम नगर्दा कतिपयलाई असफलता मिल्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार कुन राशिले कुन काम गर्दा शुभ हुन्छ ? हेरौँमेषः मेष राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर राम्रो हुन्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ ।

 

वृषः यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्रायस् गर्नु हुन्न । यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ ।

 

मिथुनः यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् । यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ ।

 

कर्कटः यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ ।

 

सिंहः यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ । कन्याः कन्या राशि भएका व्यक्तिलाई जागिरको तुलनामा व्यापार नै फाप्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ ।

 

तुलाः यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ।

 

वृश्चिकः यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानून, सामाजिक सेवा, राजनीति क्षेत्र यो राशिलाई फाप्छ । रातो रंग शुभ रंग भएको यो राशिका व्यक्तिहरुलाइ सरकारी जागिर पनि निकै फाप्छ।

 

धनुः सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर लगायतका काम गर्दा यो राशिलाई निकै राम्रो हुन्छ । यो राशिलाई पनि जागिरभन्दा व्यापार राम्रो हुन्छ। व्यापारमा पनि ठेक्कापट्टामा लाग्ने हो भने यो राशि भएका व्यक्तिले निकै राम्रो आम्दानी गर्छन्।

 

मकरः यो राशिलाई पनि प्राय स् व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ । यो राशिले पानीसंग सम्बन्धित काम भने नगरेको राम्रो।

 

कुम्भः यो राशि भएका व्यक्तिलाई व्यापार फाप्छ । यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो । त्यसैले यो राशिलाई पनि प्राय सबै व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ ।

 

मीनः यो राशि भएका व्यक्तिलाई बढी जागिर वाप्छ । भेइकल, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा यो राशिलाई सफलता प्राप्त हुन्छ । यो राशिका व्यक्तिले सकेसम्म मसलाजन्य उत्पादनको काम नगर्दा राम्रो हुन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय