सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि विजयी भए ।

 

०७० मा उनले एमालेका कृष्णकुमार श्रेष्ठलाई हराएका थिए । पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा एमालेका कृष्ण कुमारले ११ हजार ७ सय ३९ मत मात्रै पाएका थिए ।

 

एमालेका तिनै कृष्ण कुमारले ०७४ मा भने पौडेलको ०४८ यताको अविराम संसदीय यात्रामा ब्रेक लगाइदिए । तनहुँ -१ बाट लडेका पौडेलले हार बेहोर्नु पर्‍यो । यसपटकको निर्वाचनमा भने त्यही हारको बदला लिने योजनासहित पौडेल चुनावमा होमिएका छन् ।

 

तर, एमाले विभाजन पछि पौडेल र कृष्ण कुमार एउटै सत्ता गठबन्धनमा छन् । गठबन्धनले पौडेललाई उम्मेदवार बनाए उनले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एमालेका उम्मेदवारलाई हराएर पहिले पहिलेझैँ जित निकाल्न भने पौडेललाई सहज छैन । उनले तनहुँमै कांग्रेसलाई मिलाउन सकेका छैनन् जसले कार्यकर्ता भित्र असन्तुष्टि छ ।

 

योभन्दा पनि कांग्रेसको जोशी समूह दोस्रो पटक उनलाई हराउने अभियानमा रहनेछ । अघिल्लो निर्वाचनमा गोविन्दराज जोशीले पौडेलविरुद्ध उम्मेदवारी नै दिएका थिए । तर मैदानमा उत्रनुअघि नै उनको उम्मेदवारी रद्द भएको थियो ।

 

तर जोशीले आफू स्वयं पौडेललाई हराउन नपाए पनि एमालेका कृष्णकुमार श्रेष्ठलाई जिताएर त्यो चाहाना पूरा गरे । उम्मेदवारी रद्द भएपछि पौडेललाई हराउन सहयोग गरेको भनेर जोशीलाई कांग्रेस कार्यसमितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । उनको कारबाही अझै फुकुवा भइसकेको छैन । तर, गोविन्दराज जोशीले यसपटक पनि तनहुँ-१ बाटै उम्मेदवारी दिने उनका छोरा दिपकराज जोशीले इकागजलाई जानकारी दिए ।

 

‘यसपटक बुवाको उम्मेदवारी तनहुँ-१ बाट उम्मेदवारी रहन्छ,’ उनले भने, ‘अब सधैँ एउटै मान्छेलाई छाड्ने पक्षमा छैनौँ हामी ।’ जोशी समूहको उम्मेदवारीले पौडेलको जितलाई फेरि रोक्न सक्ने नेताहरू बताउँछन् । स्थानीय निर्वाचनमा पनि जोशी समूहले एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो ।

 

उनीसँग गोविन्दराज जोशी मात्रै होइन, अन्य नेता पनि आक्रोशित छन् । नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा गरेका विश्व बास्तोलाले पनि उनीविरुद्ध तनहुँ-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

उनले आफू परिवर्तनको पक्षमा रहेको भन्दै उम्मेदवारी घोषणा गरेको बताएका थिए । बास्तोला कुनै बेला पौडल समूहमै थिए । तर, स्थानीय निर्वाचनमा टिकट वितरण योगदान अनुसार नभएको उनको असन्तुष्टि थियो । उनले स्वतन्त्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । बास्तोलाको उम्मेदवारी पनि नेता पौडेलका लागि भारी बन्न सक्ने स्थानीयको आँकलन छ ।

 

तनहुँ-१ मा देवघाट गाउँपालिका, आँबु खैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका र व्यास नगरपालिकाको ५ र ६ वडा बाहेकका सबै वडा पर्छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ वटा स्थानीय तहमध्ये तीनमा कांग्रेस, र बाँकी दुईमा एमाले र माओवादीले एक-एक वटा पालिका जितेका थिए । वडागत मतको हिसाबमा पनि कांग्रेस अगाडि देखिन्छ । व्यास नगरपालिकामा पर्ने ४ र ७ बाहेक सबै वडा कांग्रेसले जितेको छ । बन्दिपुर गाउँपालिकाको ६ वटा वडामा मध्ये माओवादीले २ वटा, एमाले ३ तीन वटा र एमाले एउटा जितेका छन् ।

 

देवघाट गाउँपालिकाका ५ वटा वडा मध्ये कांग्रेसले तीन वटा वडा र एमालेले २ वटा वडामा जित हासिल गरेको थिए । आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडा मध्ये माओवादीले ३ वटा वडा, कांग्रेसले २ वटा वडा र एमालेले एउटा वडा जितेको थिए । यस्तै भानु नगरपालिकाका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय