काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले सम्झिरहने के काम गरे भन्दै प्रश्न गरेका छन्।

 

 

संसदको अन्तिम बैठकमा शनिबार बोल्दै उनले नेकपा एमाले अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन्। ‘खड्गप्रसाद ओलीले त्यस्तो के काम गरे, जुन नेपाली जनताहरुले सम्झिरहेका छन्?

 

 

धरहरा ठड्याए भन्ने हो? रानीपोखरी बनाए भन्ने हो? रानीपोखरी प्रताप मल्लले बनाए होला नि। धरहरा भीमसेन थापाले बनाए होला नि,’ उनले भने।

 

उनले केपी ओलीले पार्टीमा सल्लाह बिनै पार्टी चलाएको आरोप लगाए। त्यसैले होला ४१ महिनामात्रै सरकार चलाउन पाएको उनले बताए।

 

‘प्रचण्डले एक खेमाको नेतृत्व गर्नुभएको थियो। त्यहाँ छलफल भयो होतर खड्गप्रसाद ओलीले केही पनि सल्लाह गरेनन्। अँह हामीसँग केही सल्लाह भएन।

 

त्यसैले त ५ वर्ष म्यान्डेड पाएको सरकार ४१ महिनामात्र चल्यो। त्यो पनि ढुलमुल ढुलमुल गरेर चल्यो,’ उनको आरोप थियो। ला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय