मंगलबार , फागुण १५, २०८०

 

 

एमाले अध्यक्ष ओलीले गरे राजनीतिबाट सन्यास लिने घोषणा, के होला अब ?

Breaking News

September 17, 2022AdminLeave A CommentOn एमाले अध्यक्ष ओलीले गरे राजनीतिबाट सन्यास लिने घोषणा, के होला अब ?

नेपाली राजनीती उथुल्पुथुल हुने सङ्केत : “म राजनितिबाट सन्यास लिन्छु” : केपी ओली

 

प्रकाशित मिति । ०१ असोज, २०७९ ।

 

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् ।

 

नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे ।

 

पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मे,लनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्,माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।’ प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ ।

 

३ प्रतिशत मत नल्याए जति सिट जितेपनि समानुपाति,कतर्फको सांसद निर्वाचित हुने छैनन् ।ओलीले माधव नेपालको कडा आलोचना गर्दै निरन्तर खिइदै गएको टिप्पणी गरे । माधव नेपाललाई छाडेर धमाधम एमालेमा फर्किइरहेको ओलीको भनाई थियो । यो पनि पढ्नुहोस्:

 

सर्वाधिक विवादित नागरिकता विधेयक अब के होला ? भन्ने आम चासो बढेको छ । सबैको ध्यान शीतलनिवासतर्फ मोडिएको छ ।राष्ट्रपति भण्डारी,लाई अब चाहि अप्ठ्यारो पर्ने संकेत देखिन थालेका छन् । विधेयक प्रमाणिकरण गर्नुबाहेकको विकल्प नभएको बताउन थालिएको छ ।

 

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदबाट पुनःपारित भई प्रमाणी,करणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकता,सम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्। पूर्वराष्ट्रपति डा यादवले भने, ‘संविधा,नको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ।

 

यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु।’नेपालको नागरिकता ऐन, २०६३ लाई संशो,धन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिसमक्ष पुगेको छ।

 

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको नागरिक,तासम्बन्धी विधेयक गत साउन २९गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनःविचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।

 

सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरि,कलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्ने लगायतका विषयवस्तु उल्लेख छ। सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वाभाविक रूपमा लिई प्रतिनिधिसभा,

 

राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो।संविधान संरक्षकका हैसियतले राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिएका थिए।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव भन्छन्, ‘राष्ट्रपति, सरकार, संसद र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔं, संविधानलाई सहज रूपमा सुचारु हुने काम गरौं।’

 

नेपाली जनताको ठूलो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त संविधानको कार्यान्वनलाई सहज रूपमा सुचारु बनाएर खदिलो तुल्याउँदै लैजानुपर्छ भन्दै उनले कुनै विषयमा अलमल भएमा विषयविज्ञ,

 

संविधान र कानुनविदसँग गरिएको परामर्शका आधार,मा अघि बढ्न सकिने आफ्नो अनुभव सुनाए।पूर्वराष्ट्रपति डा यादवले भने, ‘राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लंघन गर्न हुन्न।

 

कांग्रेसमा ४० प्रतिशत सिटमा कोइराला समूहको दाबी

 

काठमाडौँ — नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार चयन गर्दा सिटको न्यायोचित वितरण हुनुपर्ने माग गरेको छ । उम्मेदवार चयनको अन्तिम निर्णय हुने बेला नेता कोइरालाले शनिबार बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

 

काठमाडौंको ठमेलस्थित एक होटलमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरुले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।

 

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

 

डेंगु संक्रमण भएका कारण महामन्त्री गगन थापा भने भेलामा उपस्थित भएनन् । नेता गुरुराज घिमिरेले गठबन्धन गर्ने नाउँमा सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसकालागि दबाब दिनेबारे छलफल भएको बताए ।

 

‘जहाँ कोइराला समूहको पकड छ, त्यस्ता ठाउँमा गठबन्धन गरेर अन्य दललाई सिट छोडिदिने षड्यन्त्र भइरहेको बुझिएको छ,’ उनले भने, ‘हामीले महाधिवेशनमा सभापतिजीलाई भोट हालेको वा नहालेको आधारमा अवसरको बाँडफाँट हुनु हुँदैन ।

 

 

सबैलाई न्यायोचित रूपमा अवसरको वितरण हुनुपर्छ भनेका हौँ,’ उनले भने, ‘यदि हामीलाई प्रतिस्पर्धी भएकै कारण निषेध गर्ने प्रयास भयो भने हामी चुनाव नै लड्दैनौँ । सभापतिजी एक्लै लडे हुन्छ ।’

 

बैठकमा नेताहरुले ४० प्रतिशत भाग माग्न नेता कोइरालालाई दबाब दिएका छन् । ‘अहिलेसम्म न्यायोचित अवसरको वितरण भनेर पर्खिएकै हो । तर त्यस्तो हुन सकेको छैन,’ घिमिरेले भने, ‘चुनावमा टिकट वितरणमा पनि त्यही कुरा लागू हुने हो भने सहने कुरा छैन ।

 

 

हामीले ४० प्रतिशत भाग माग्ने हो । ४० प्रतिशत सिटमा उम्मेदवार दिन नपाएको अवस्थामा हामीले विकल्प पनि खोज्नुपर्ने हुनसक्छ । पार्टीभित्रको विद्रोह कसैले रोक्न सक्ने अवस्था हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय