शनिबार , असार ३०, २०८१

काठमाडौ असोज १

 

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी ४ मंसिरको निर्वाचनमा परम्परागत रानजीतिक शक्तिका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

 

शनिबार प्रतिनिधिसभा बैठकमा अन्तिम सम्बोधन गर्दै भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएकाले पुराना दल र नेतामाथि चुनौती बढेको बताए ।

 

 

 

युवा पुस्ताको विद्रोहको लहर आएको भन्दै उनले बालेन शाह र हर्क साम्पाङ सानो झिल्को मात्र रहेको तर्क गरे । उनले गाउँमा नभए पनि सहरी क्षेत्रमा को नेता बढारिन्छ भन्ने भन्न नसकिने उनको भनाइ थियो ।

 

‘गाउँठाउँमा त प्रभाव नपर्ला, संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन

 

 

।’ भट्टराईले परम्परागत दलका नेताहरु शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए । प्रतिनिधसिभाको पाँच वर्षमा राजनीतिक दलहरु फेल भएको टिप्पणी उनको थियो ।

 

राजनीतिक दल र नेताहरुले कमीकमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमात्र पुन जित हासिल गर्न सकिने भट्टराईले बताए । ‘

 

 

त्यसो हुन सक्यो भने आगामी प्रतिनिधिसभामा हाम्रो भेट हुनेछ । नत्र तपाईं हामीमध्ये कति भेट हुन्छौं म भन्न सक्दिन । म आफैं यहाँ हुन्छु कि हुन्न भन्न सक्दिन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय