मंगलबार , फागुण १५, २०८०

अहिले युवा विद्रोहको लहर चलिरहेको छ,

हामी को को बढारिन्छौं भन्न सकिन्न : डा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा प्रमुख विपक्षी दलका नेता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुुर देउवाले पहिले प्रतिपक्षी दलको नेताले बोल्न पाउनुुपर्ने भन्दै बनाएको परम्परा तोडेको बताएका छन् । देउवाकै नेतृत्वमा पहिले सुुरुमा प्रतिपक्षी दलका नेताले बोल्न पाउनुुपर्ने भन्दै वेल घे’रिएको तर आज त्यही कुुरामा ध्यान नदिइएको बताएका हुन् ।

 

म त्यही कदम पछ्याउदिन ओलीले बैठकमा भने । ओली प्रधानमन्त्री देउवापछि बोलेका थिए । ओलीले यस्तो भन्नेबेला देउवाले टाउको हल्लाएको देखियो । यस्तै, ओलीले संसदले सरकार बनाउन पाउने संवैधानिक अधिकार खोसेर परमादेश जारी भएको कुरा आपसमै पो’ल खो’लाखोल भइसकेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवालाई संसदबाटै जवाफ फर्काएका छन् ।

 

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशबाट सरकार लिनेबेला के के से’टिङ भएका थिए भन्ने पो’ल खुलिरहेको बताए । न्यायाधीशहरुलाई मानपदवी,अलंकार र मन्त्रिपरिषदमा भा’गबण्डा दिइएको भन्दै ओलीले परमादेश नां’ गो भइसकेको बताए ।

 

ओलीले भने–सरकार बनाउने जनप्रतिनिधि संस्थाको अधिकार खासेर अन्यत्र कतैबाट प्रयोग गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था कहाँ छ ? संविधानको उल्लंघन गराएर तपाईहरुले गराएको परमादेश अहिले त छ ताछुल्ल भइसक्यो नि ।

 

ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानु प्र’तिगमन नहुने बताए । ‘आजबाट संसद छैन,अब चुनाव हुँदैछ के तपाईले प्रतिगमन गर्न लाग्नुभएको हो ?’ देउवालाई ओलीले प्रश्न गरे । बिदाइ सम्बोधनमा तितो बोल्न नचाहेको भन्दै ओलीले देउवाले परमादेशको कुरा गरेकाले त्यसको जवाफमात्र दिएको बताए ।

 

यस्तै, प्रधानमन्त्री शेरबहादुरदेउवाले चालू प्रतिनिधिसभा नै प’रमादेशबाट आएको बताएका छन् । आज चलिरहेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले पर’मादेशको सरकार भनेर भनिरहनुहुन्छ,’ एमाले अध्यक्ष ओलीतिर हेरेर हाँस्दै उनले भने,‘यो संसदै पर’मादेशको हो, उहाँहरू पर’मादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ । त्यसकारणले पर’मादेश नआएको भए उहाँ र हामी यसरी सहकार्य गरेर सँगै काम गर्न पाउने थिएनौं ।’

 

पर’मादेशले संसदमा फेरी भेट गर्न मौका दिएको उनले बताए । ‘पर’मादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसकारणले पनि मैले न्यायालयले पनि न्याय गरेको महशुस गरेको छु,’ उनले भने ।

 

यो अभिव्यक्ति दिनुअघि उनले संसद बिघटनको विषयलाई उठाएका थिए । उनले भनेका थिए, ‘यसैअवधि निर्वाचित संसदले २ /२ पटक स’मस्या भोग्नुप¥यो । जनताका अधिकार सुनिश्चित गर्न, जनतालेराजनीतिक दलबीच सहकार्य र संघर्षगरी संविधान बमोजित चलाउने पद्धति बस्यो ।’

 

यस्तै वर्तमान सरकारले तीन तहकै निर्वाचन गर्ने सुअवसर पाएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय