बिहिबार , साउन १०, २०८१

काठमाडौँ असोज १

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्नु भन्दा त मान्छेकै वूजा गर्नु ठीक हुने बताएका छन् ।

 

आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा पेरिसडाँडामा आयोजित राष्ट्रिय विज्ञान दिवस विशेष कार्यक्रममा बोल्दै प्रचण्डले अन्धविश्वास हट्नुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘हामीकहाँ त तेत्तिस कोटी देवता हुन्छन् । तिनै देउताको पूजा हुन्छ, ढुंगालाई पूजा गर्ने संस्कार छ । तर मान्छेलाई लात हान्दै हिँड्छन् ।

 

 

’ यसरी तेत्तीस कोटी देउताका नाममा ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छेकै पूजा गर्नु राम्रो हुने उनको भनाइ थियो ।

 

उनले धर्मविरुद्ध नगएको र धर्म नकारात्मक हो भन्ने आशय नरहेको भन्दै मान्छेबीच थिचोमिचो र विभेद गर्न नहुने आशय रहेको समेत बताए ।

 

चुनावका बेला प्रचण्डले धर्मविरुद्ध बोल्यो भन्लान् भनेर आफूलाई डर रहेको समेत उनले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय