शनिबार , असार ३०, २०८१

काठमाडौं महानगरले अवैधरुपमा बनेका संरचना भत्काउने क्रममा केहि व्यक्तिहरुको वैध संरचनामा पनि डोजर चलेको छ ।

 

महानगरको मेयरका रुपमा बालेन्द्र शाह (बालेन)को इन्ट्री भएसंगै अवैध रुपमा बनेका संरचना भत्काउने अभियान सुरु भयो । यो अभियानमा अवैध संरचना भत्काउनु त स्वागतयोज्ञ नै हो तर केहि व्यक्तिको भने वैध संरचना पनि भत्काउनु चाँहि पक्कै पनि न्यायोचित होईन् ।

 

महानगरको उक्त अभियानको डोजरले सोह्रखुट्टेमा रहेको एक वृद्ध महिलाको नक्सा पास भएकाे घरमा पनि क्षति पुर्याएकाे छ।

 

विशेष गरि महानगरको १६ वडाका अध्यक्ष मुकुन्द रिजालको दादागिरिले उक्त वृद्धा महिलाको वैध संरचना अर्थात नक्सा पास गरेर बनाएको घरमा डोजर चलाईएको हाे । चुनावको बेला सहयोग नगरेको निहुमा उनको नक्सा पास गरेको घरमा वडाध्यक्ष रिजालको निर्देशनमा डोजर चलाईएको हो ।

 

चुनावका समयमा सहयोग नगरेको रिस पोख्दै अवैध रुपमा बनेका संरचना भत्काउने क्रममा सोह्रखुट्टेस्थित पदमा देवि श्रेष्ठको घरमा १६ नम्बर वडाका अध्यक्ष रिजालले डोजर चलाएका हुन् । पदमा देवी लगायतका परिवारले नक्सा पास भएको जानकारी दिदा दिदै पनि डोजर चलाइएको हो । डोजरले घरको धेरैभाग क्षति पुर्याएको छ ।

 

वडा अध्यक्ष रिजालले हिन्दी फिल्मकाे भिलेन पाराले ‘टेलर देखा अब फिल्म देखाउँगा’ डाइलग बोल्दै घरमा डाेजर चलाएर क्षति पुर्याएको पिडित श्रेष्ठको भनाई छ ।

 

उक्त घरको नक्सा पास भएको र १.५ मिटर बाटोको लागि छोडेर घर निर्माण गरिएको नक्सामा उल्लेख छ । यसरी व्यक्तिको रिसले वडा अध्यक्षले गरेको उक्त दादागिरिले यता निर्दाेष मानिसहरुले दुख पाउने त निश्चत नै छ उता महानगरको बदनाम पनि हुने नै छ।

 

रिजाल जस्ता वडादक्षको यस्तो दादागिरि पनले बालेनले अधि सारेको अवैध संरचना हटाउने अभियानमा नै प्रश्न चिन्ह खडा भएको छ ।

 

यसै विषयमा कर्पाेरेट डटकमले उनी वडाध्यक्ष मुकुन्द रिजालसँग कुरा गर्दा उनले उल्टै गोल मोटल कुरा गरेका छन् । नक्सा पास भएको उक्त घरको नक्सा पुरानो भएको भन्दै उनले सो घर अवैध भएको जिद्दि गरेका छन् ।

 

यसै विषयमा महानगरका मेयर बालेनले भने हामिले बारम्बार फोन गर्दापनि फोन उठाएका छैनन् ।

 

यो पनि हेर्नुहोस, नयाँ अनुहार : अब्दुस मियाँ

 

‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने पुस्ता पछिल्लो समय राजनीतितिर आकर्षित जस्तो देखिन्छ । आगामी संघीय चुनावका लागि विभिन्न क्षेत्रमा गरेको उम्मेदवारी घोषणाले पनि त्यसतर्फ संकेत गर्छ ।

 

यस्तैमा पर्छन् ३० वर्षीय अब्दुस मियाँ । राजनीतिका यी नयाँ अनुहारले काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर गतिविधि अगाडि बढाइरहेका छन् । उनै अब्दुसलाई आज हामीले अनलाइनखबरको चुनावी शृंखला ‘नयाँ अनुहार’मा समेटेका छौं ।

 

२०५० सालमा गोरखामा जन्मेका अब्दुसले प्राथमिक शिक्षापछि काठमाडौंतर्फ पाइला चाले । परिवार नै गोरखाबाट काठमाडौंको बूढानीलकण्ठमा बसाइँ सरेपछि बाँकी शिक्षा उनले यहींबाटै अघि बढाए ।

 

आफ्ना छोराछोरी चिकित्सक या इन्जिनियर बनुन् भन्ने आम नेपाली बुबा-आमाको सपना हो । अब्दुसको परिवारले पनि त्यही सपना देखेकाले उनले प्लस टुमा विज्ञान विषय लिएर पढे । तर, मेडिकल क्षेत्रमा उनलाई खासै रुचि जागेन । त्यसैले उनले ‘हार्डकोर मेडिकल’को सट्टा पब्लिक हेल्थ पढे ।

 

‘प्लसटुमा डाक्टर बन्नुपर्छ भनेर विज्ञान पढें तर, मलाई विस्तारै मेडिकल भन्दा पनि केही नयाँ गर्नुपर्छ भन्नेतिर रुचि जाग्यो’, उनले सुनाए ।

 

पब्लिक हेल्थको पढाइसँगै पब्लिक संस्थाप्रतिको आफ्नो संलग्नता उनले बढाउँदै लगे । त्यसको साटो एमबीबीएस पढेको भए सायदै उनी त्यसतर्फ लाग्थे ।

 

अब्दुसका अनुसार सामाजिक संस्थामा आबद्धता जनाउने क्रममा उनी सन् २०१० मा ‘यूथ इनिसिएटिभ’को सदस्य बने । त्यही संस्थाको उनी ‘बोर्ड अफ डिरेक्टर’ हुँदै निर्वाचित अध्यक्षसम्म बने जतिबेला उनी २२ वर्षका मात्रै थिए ।

 

कति भोटको अपेक्षा छ भन्ने प्रश्नमा अब्दुस १४-१५ हजार मतले जितिने भए पनि आफूले कम्तीमा २५ हजार पाउने दाबी गर्छन्

अरू केही स-साना सामाजिक संस्था सुरु गरेका उनी यूथ इनिसिएटिभ अध्यक्षमा भने ६ महिना भन्दा बढी टिकेनन्, किनभने अब्दुसमा त्यतिबेला राजनीतिको चस्का पसिसकेको थियो ।

 

नेपालमा वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै बीबीसी नेपालीबाट रवीन्द्र मिश्रले राजिनामा दिएको समय थियो । त्यही बेला अब्दुसले पनि यूथ इनिसिएटिभ अध्यक्षबाट राजिनामा दिंदै राजनीतिमा हाम फालेका थिए ।

 

मिश्रकै तत्कालीन साझा पार्टीमा जोडिएका उनी त्यो पार्टीको कान्छो केन्द्रीय सदस्य समेत बने । विवेकशील नेपाली दलसँग एकतापछि बनेको साझा विवेकशील पार्टीको युवा संगठनको अध्यक्ष समेत नियुक्त भए ।

 

साझा पार्टीमा विभाजन र विघटन भएपछि भने उनी अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । ‘रवीन्द्र मिश्र आफैंले हात उठाइसकेपछि यो पार्टी राजनीतिक रूपमा विघटन भयो भन्ने मैले निष्कर्ष निकालें’ अब्दुसको भनाइ छ, ‘चुनाव आइहाल्यो । पार्टी बनाउने काम पछाडि गरौंला भनेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु ।’

 

दल विना केही पनि हुँदैन भन्ने ठान्ने उनी आफूलाई प्राविधिक रूपमा मात्रै स्वतन्त्र उम्मेदवार भन्छन् । मंसिरको चुनावपछि भने पार्टी निर्माणमै लाग्ने बताउँछन् उनी । ‘हामी राजनीतिक अभियन्ता नै हौं’ भन्छन्, ‘पार्टी चाहिन्छ । पार्टी बनाउँछौं । पार्टी निर्माण चाहिं लामो यात्रा रहेछ त्यसैले मंसिर ४ पछि हामी फेरि पार्टी निर्माणमा लाग्छौं ।’

 

सामाजिक संस्थाका काम गर्दाताका नै परिवर्तनका लागि राजनीति ठूलो हतियार हो भन्ने बुझेकाले आफू राजनीतिमा आएको बताउँछन् अब्दुस ।

 

त्यसलाई उदाहरणबाट बुझाउन खोज्दै उनी भन्छन्, ‘मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्छ भनेर जनचेतना फैलाउन सामाजिक संघसंस्थालाई एक अर्ब पैसा दिनुभयो भने त्यसबाट कति प्रतिशत परिणाम प्राप्त हुन्छ होला । तर, राज्यले चाहृयो भने २४ घण्टाभित्र त्यसलाई कार्यान्वयन गर्न सक्छ ।’

 

राजनीतिमार्फत नै एउटा राज्य संयन्त्र परिचालन गर्न पाइने भएकाले त्यो परिवर्तनका लागि प्रभावकारी हुने उनको बुझाइ छ ।

 

चुनावका लागि काठमाडौं-६ रोज्नुका पछाडि यही कर्मथलो हुनु बाहेक खास कारण नरहेको अब्दुस बताउँछन् ।

 

सार्वजनिक नीति-निर्माणमा आफूलाई विशेष रुचि भएको बताउने उनी संसद्मा पुगे विशेष गरी युवाका मुद्दा उठाउने प्रतिबद्धता जनाउँछन् । ‘मैले संसद्मा जाँदा लिएर जाने भनेको युवाको मुद्दा’ उनी भन्छन्, ‘त्यो भनेको रोजगारीको मुद्दा, स्टार्टअप नीतिको मुद्दा, युवाको आधारभूत आयको मुद्दा र वातावरण परिवर्तनको मुद्दा ।’

 

नेपालको ठूलो समस्या नीतिगत भ्रष्टाचार हो भन्ने ठान्ने अब्दुस संसदका उपसमितिहरूमा बसेर त्यसलाई रोक्न सकिने विश्वास राख्छन् । राज्य लोककल्याणकारी हुनुपर्छ भन्ने उनको मान्यता छ । र, संसदमा पुगेको खण्डमा त्यस्तै नीतिनिर्माणमा आफ्नो जोड रहने उनको भनाइ छ ।

 

‘नेपाललाई कल्याणकारी राज्य बनाउन सकिन्छ’ उनको भनाइ छ, ‘राज्यको प्राथमिकता शिक्षा, स्वास्थ्य हेरचाह, यातायात, सार्वजनिक यातायात, सार्वजनिक सुरक्षा जस्ता विषयमा हुनुपर्छ । अरू क्षेत्रमा निजी क्षेत्रले काम गर्नुपर्छ । तर, अहिले ठ्याक्कै उल्टो भइरहेको छ ।’

 

यी त भए नीतिगत कुरा । उनी आफ्नो उम्मेदवारी राजनीतिक बहसमा नयाँपन दिलाउन भएको दाबी गर्छन् । ‘नेपालको राजनीतिमा सबैभन्दा ठूलो कुरा प|mेसनेश चाहिएको छ’ उनको टिप्पणी छ, ‘संसद्को ढोका खोलेर हेर्नुहुन्छ भने अधिकांश २५-३० वर्षदेखि त्यही ठाउँमा हुनुहुन्छ । राजनीतिको दोस्रो पुस्ता पनि १५-२० वर्षदेखि त्यहीं छन् । त्यही भएको हुनाले हाम्रो राजनीतिक बहसमा केही नयाँ कुरा आइरहेको छैन ।’

 

आफूहरू जस्ताको उपस्थितिले नेपालको राजनीतिमा ‘रोमाञ्चकता’ थपिने टिप्पणी उनको छ । ‘नेपालको राजनीति र राजनीतिक संवाद चाहिं असाध्यै डिप्रेसिङ हुन थाल्यो’उनी भन्छन्, ‘अलिकति राजनीतिक रोमान्स पनि चाहिएको छ ।’

 

कति भोटको अपेक्षा छ भन्ने प्रश्नमा अब्दुस १४-१५ हजार मतले जितिने भए पनि आफूले कम्तीमा २५ हजार पाउने दाबी गर्छन् ।भाइरल वडाध्यक्ष रिजालकाे दादागिरी, नक्सा पास भएकाे यो घरमा पनि चल्याे डाेजर, बालेनलाई तनाव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय