शुक्रबार , बैसाख ७, २०८१

खोटाङ:

नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

शनिबार नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालिकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो । त्यसैगरी खोटाङका १० वटै पालिकामा समेत -याली सहित विरोध सभाको आयोजना गरिएको थियो।

खोटाङको ऐसेँलुखर्क गाउपालिकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर

निर्वाचित भए पनि जनताको विश्वासको भारी थाम्न नसकेर बदनाम भएको बताए ।

तीन वर्षसम्म भ्रष्टाचार र बेथितिमा लिप्त हुने र आफ्नो भारी भरिएपछि आफ्नो वास्तविक चरित्रमा उत्रीएर सत्ताको जुँगे लडाईमा कम्युनिष्टहरु पतित भएको समेत उनले बताए।

‘कम्युनिष्टहरु जुधे जुधुन्, जे गरून्, त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो,’ उनले भने, ‘तर उनीहरु जुधेर देश र संविधानको लक्ष्य बिर्सनुले हामीलाई अक्रोशित बनाएको छ।’

७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसकेपछि कम्युनिष्टहरु आएर संविधान र संसदीय व्यवस्थामाथि घात गरेको समेत नेता राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय