बिहिबार , साउन १०, २०८१

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कर्मचारीहरुलाई मेयरको इच्छाशक्ति अनुसार काम गर्न अनुरोध गरेका छन्।

 

पदबहाली गर्दै मेयर बालेन्द्र साह (बालेन)को काम गर्ने तीव्र इच्छा शक्तिलाई कर्मचारी तहबाट दरिलो साथ दिनुपर्ने बताएका थिए। महानगरका विभागीय प्रमुखहरुसँग रिर्पोटिङ लिँदै उनले प्रशासनिक र आर्थिक निष्पक्षतामा चुस्त हुनुपर्ने बताएका थिए।

 

‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ। म प्रशासनको अभिभावकत्व गर्छु। कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ,‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन्। तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ। महानगरसँग अहिले धेरैको अपेक्षा छ। त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ।’

 

अधिकारी भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए। काठमाडौँ महानगरमा आउनु अघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए।

 

यस्तै महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्।

 

यो पनि: काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिनुभएकाे छ। आज साेमवार भएकाे एक कार्यक्रममा उहाँले यस्ताे सुझाव दिनुभएकाे हाे।

 

मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ।

गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ। गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस्।’

 

यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताउनुभयाे। उहाँले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताउनुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय