काठमाडौं असोज १

 

नेकपा (एमाले) ले संविधान दिवसको पुर्वसन्ध्यामा उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ ।पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

 

 

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा भएको थियो ।

 

तस्विरहरुप्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै

 

प्रतिनिधि सभाको ११ औँ अधिवेशनको अन्तिम बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज राति १२ बजेदेखि ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयबाट आएको पत्र बढेर सुनाउने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार ११ औँ अधिवेशनको छलफल र उपलब्धिका बारेमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा जानकारी गराउनुहुनेछ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्येरातिदेखि संसद बैठक अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशस भाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समयभन्दा अघि प्रतिनिधि सभाको कार्यकाल सकिने व्याख्या निर्वाचन आयोगले यसअघि नै गरेको थियो ।

 

बन्दसूची बुझाउनका लागि आयोगले भोलि र पर्सिको समय तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय