गाली सहन तयार छौं तर काठमाडौं बनाएर छोड्छौ – बालेन शाह

 

काठमाडौं महानगरपालिका मेयर महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् ।

 

कार्य प्रारम्भ गरेको सय दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् ।

 

‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौं तर हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं ।

 

विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं’ , उनले भनेका छन् ।

 

नगर प्रमुख साहले गैरकानुनी कार्य निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गरिनेसमेत स्पष्ट पारेका छन् ।

 

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय