सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंलाई समस्याको राजधानी समेत भनिदैछ पछिल्लो समय । चिनियाँ प्रतिनिधिमन्डलको भ्रमणका कारण काठमाडौंको ट्राफिक अस्तव्यव्त बनेको छ। त्रिभुवन विमानस्थलबाट सोल्टी होटलसम्मको यात्रा र त्यसपछि संसद भवनमा भएको भेटघाटका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले पाहुना टोली हिँड्ने बाटो खाली गरेर सवारी साधनलाई डाइभर्ट गरेको थियो। त्यही कारण सवारी साधन घण्टौँ जाममा परेका छन्। अहिले मात्र नभई यहाँका जनताले यो सास्ती बर्षौदेखि भोग्दै आएका छन् ।

 

काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएपनि यसले एउटा महानगरको क्षेत्रफलभित्र मात्र सकारात्मक कदम चालिरहेको छ । पछिल्लो २÷३ दिन यताको जामका कारण एम्बुलेन्समै बिरामीको ज्यान जाने अवस्था देखिएको छ । यो गम्भीर बिषय हो ।

 

यसैबीच, यो ट्राफिक जामप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गरेको बुझिएको छ । महानगरले मंगलबार नै बोल्ड कदम चालेको हो । महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।

 

महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको हो। मंगलबारदेखि नै लागु हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको महानगरले जानकारी दिएको छ।

 

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।

 

जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ। श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष सेवा गर्दा ट्राफिक प्रहरीमा मात्र २० वर्ष काम गरेको अनुभव छ ।

 

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ। जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।

 

त्यस्तै, मेयर शाहले केहि दिनअघि शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त गरेका थिए । अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।

 

त्यस्तै, महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो। मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय