फेरि जस्ताको तस्तै पास गरेपछि राष्ट्रपतिले कानुन व्यवसायी हरुसँग छलफल गरेकी छिन्, अधिकांश कानुन व्यवसायीले यसलाई रोक्न सुझाब दिएपछि राष्ट्रपतिले भाद्र ८ गते सेनाका पूर्व उच्च अधिकारीहरुलाई र त्यसपछि ।

 

प्रधानसेनापति प्रभुराम शर्मालाई भोजको निम्ति निमन्त्रणा गरेकी छिन्……आँट गर्नुस राष्ट्रपति ज्यु…. अन्तिममा देशको पक्षमा केही गर्ने मौका छ।विवादास्पद नागरिकता विद्ययेक प्रमाणिकरण नगरी राष्ट्रपती विद्यादेवी भण्डारीले ।

 

फिर्ता पठाउँदा पनि सत्तारुढ गठबन्धनले बहुमतको बल देखाएर पुन जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित गरेको छ । यो सँगै जन आक्रोस त बढेकै छ सत्तागठबन्धनकै दलहरु भित्र पनि खटपट सुरु भएको छ ।

 

गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले नागरिकता विद्ययेकको विपक्षमा मतदान गरेको छ !भने नेपाली काग्रेसकी सांसद पार्वता डिसी चौधरीले संसदको रोस्टमबाटै नागरिकता विद्ययेक गलत भएको र राष्ट्रपतीको कदम सही भएको भनेकी थिइन् ।

 

नेकपा एसका अधिकांश नेताहरु पनि विद्ययेकको विपक्षमा देखिएका छन् तर पार्टी अध्यक्ष माधव कुमार नेपालले देउवा प्रचण्डको खेलमा ल्याप्चे लगाएका छन् ।

 

माधव कुमार नेपाल अध्यक्ष रहको नेकपा एसका स्थायी कमिटि सदस्य :साध्य बहादुर भण्डारीले नागरिकता विद्ययेक फेरी पारित भएर आए पनि राष्ट्रपतीले प्रमाणिकरण गर्न नहुने बताएका छन् । यो विद्ययेक पारित गराउँनेहरु सबै राष्ट्रघाती भएको भन्दै ।

 

उनले देशकै अस्तित्वको सवाल रहेकाले राष्ट्रपतिले कठोर कदम चाल्नु पर्ने उनले बताए । ओटिभि नेपाल डटकमसँग कुराकानी गर्दै नेता भण्डारीले अब !

र यो पनि

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले एक पछि अर्को गजबको काम गरेर कमाल गरिरहेका छन् । बालेनको चर्चा दिनदिनै झनै बढ्दै गएको छ ।बालेनले जुन रफ्तारमा काम गरिरहेका छन् उनको कामले अरु सबै खबरहरु फिक्का हुने अवस्था देखिएको छ ।

 

जुन दिन बालेन आफैँ डोजर लिएर कानुन विपरित बनेका अवैध संरचना भत्काउन हिडे त्यस पछि त उनको चर्चा यति धेरै बढ्यो की देशनै बालेनमय जस्तो देखिन थालेको छ ।बालेनको क्रेज जनस्तरमा कसरी बढिरहेको छ भन्ने सार्वजनिक रुपमै देखिन थालेको छ । केहि दिन अघि भएको इन्द्रजात्रा जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी देखी सरकारका महत्पुर्ण मन्त्रीहरुको समेत सहभागीता रहेको थियो तर सहभागीले बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए । बालेनको अगाडी राष्ट्रपति र मन्त्रीहरु समेत फिक्का भएका थिए ।राजनिती प्रति वितृष्णा बढिरहेका बेला समेत बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ ।

 

 

बालेनको पछि यती ठूलो समर्थनको उभार आउनुको कारण उनले गरेको कामनै हो । कानुन विपरित बनेका अवैध संरचना भत्काउने देखी फुटपाथका व्यापार हटाउने सम्म आइपुग्दा बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ ।

 

अहिले बालेनले हराएको टुकुचा खोलानै पत्ता लगाएका छन् यसबाट त झनै उनको चर्चा चुलिएको छ ।बालेन जुन रफ्तारका साथ काम गरिरहेका छन् त्यसमा महानगरीय प्रहरीले दरिलो साथ दिएको छ ।

 

सुरुका केहि दिन बालेन आफैँ फिल्डमा उत्रिए पनि अहिले डोजर अभियानको नेतृत्व महानगरीय प्रहरी प्रमुख राजु पाण्डले गरिरहेका छन् । राजु पाण्डेको नेतृत्वको महानगरीय प्रहरीले बालेनको काममा दरिलो साथ दिएको छ ।नगर प्रहरीको दरिलो साथले बालेनको भिजन र एक्सनले मूर्त रुप लिइरहेको छ । बालेनले डोजर अभियान सुरु गर्नु भन्दा केही दिन अघि तत्कालिन महानगरीय प्रहरी प्रमुख धनपती सापकोटालाई किक आउट गरेका थिए । सापकोटाको नगर प्रहरी प्रमुखको जिम्मेवारी खोसिए पछि महानगरको कामको गती बढेको छ ।

 

विवादास्पद छवीका धनपती सापकोटालाई बालनेले किक आउट गरेर उनको ठाउमा राजु पाण्डेलाई जिम्मेवारी दिए पछी महानगरपालिकाको कामले रफ्तार लिएको देखिन्छ । लामो समय देखी काठमाडौँ महानगर पालिकाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका धनपतीको कार्यशैली देखी आर्थिक पारदर्शीता सम्मको प्रश्नहरु पनि धेरै उठिरहेका छन् ।केहि दिन अघि मात्रै महानगरीय प्रहरीहरुलाई निर्देशन दिँदै मेयर बालेन शाहले पाप र धर्म सम्झीएर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

 

 

विगतमा नगरप्रहरीहरुले के कस्ता सम्म काम गर्ने गरेका थिए भन्ने बुझेरनै बालेनले अब त्यस्तो काम नगर्न र पाप धर्मको ख्याल राख्न भनेका थिए ।धनपति पछि महानगीय प्रहरी प्रमुख बनेका राजु पाण्डे आफ्नै फिल्डमा उत्रिएर बालेनको भिजन र एक्सनलाई सफल बनाउन लागेका छन् । अहिले बहु चर्चित टुकुचा खोला फेला पार्ने बेलामा प्रहरी प्रमुख पाण्डे आफैँ नजिकै बसेर डोजर चलाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय