बिहिबार , साउन १०, २०८१

राजनीति

नागरिकता विधेयक पास गर्नुपर्छ भनेर बोले योगेश भट्टराई, एमालेमा फेरी खैलाबैला सुरु

सडक संचार September 14, 2022

नागरिकता विधेयक प्रमाणीकरण भए ९८ प्रतिशत समस्या समाधान : योगेश भट्टराई (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुपर्छ)

 

२९ भदौ, काठमाडौं ।

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

 

नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

 

‘नागरिकताको समस्या यो विधेयक (प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक) आइसकेपछि (प्रमाणीकरण भएर लागू भएपछि) लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब । मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला’, सचिव भट्टराईले भने ।

 

बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

 

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।

 

आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

 

‘जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताका समस्याहरु लगभग हल हुन्छ’ भट्टराईले भने, ‘यसकारण अब नागरिकतामा मूलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दु:ख दिएछ भने बेग्लै कुरा हो ।’

 

यो पनि हेर्नुहोस, भक्तपुरको अवलोकनपछि चिनियाँ नेता लीले भने : नेपाल र चीनको संस्कृति मिल्दोजुल्दो रहेछ

 

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् ।

 

बिहान ९:२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गरेका थिए ।

 

अध्यक्ष लीसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उनको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरव प्याँख नाचको अवलोकन गरेका थिए । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताए ।

 

उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्‍याएको क्षतिबारे पनि जानकारी लिएका थिए ।

 

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी गराएका थिए । भक्तपुरका भूकम्पले क्षति पुर्‍याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएका थिए ।

 

अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राखेको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराए ।

 

प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका थिए। अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपुर्‍याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राख्नुभएको प्रमुख लासिवाले जानकारी दिए ।

 

पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराएको बताए ।

 

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरु प्रदर्शन गरेको थियो । तस्बिरहरुको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराएका थिए । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराराइएको थियो ।

 

जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताए ।

 

पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गरेका थिए ।

 

बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो ।

 

अध्यक्ष लीले नगरप्रमुख प्रजापति, सङ्घीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गरे । ली नेतृत्वको टोली भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०:२० बजे फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय