आइतबार , फागुण २०, २०८०

भदौ ,३१,काठमाडौ ।

 

यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ ।

 

अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ ।

 

लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ ।

 

सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ ।

 

लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराइदिने भन्दै उनले घुस लिएकाहरु पनि फेला पर्न थालेका छन् ।

 

उनीहरूले आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरेको पाइएको छ ,।

 

यो पनि

फेरि ह्वात्तै घट्यो सुनको भाउ , तोलाको कति छ ? हेर्नुहोस

 

साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

अन्य समाचार / नेपाली फिल्म उद्योगमा उँचो छवि बनाएका कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ। उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए। उनको २०७१ साउमा निधन भयो। उनको निधन साउन २५ मा ८ वर्ष पूरा भएको छ।

 

श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्यो। उनको मृत्यु ताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो।

 

उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाउँथे। कति फिल्म सय दिनसम्म चलेका रेकर्ड उद्योगमा छन्।

 

उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, कहाँ भेटिएला, सुख–दुःख’लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय