मंगलबार , फागुण १५, २०८०

काठमाडौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ । उहाँले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति

 

गर्दा भुइँ तला वा बेसमेन्टलाई पार्किङकाे प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको काम गैरकानुनी रहेकाले यसलाई महानगरपालिकाले रोक्ने बताउनुभएको छ ।

 

सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ : ‘अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

 

उहाँले सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई द,ण्डित पनि गर्ने विकल्प आफूहरुसँग खुला रहेको पनि बताउनुभएको छ ।

 

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न कारबाहीको चरणमा रहेको पनि बालेनको भनाइ छ । कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उल्लङ्घन गरेको कार्यको तत्काल रोकथाम गर्नु महानगरको दायित्व भएको

 

बताउनुभएको छ ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको बताउनु भएकाे छ ।

 

अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्बिचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

 

२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिइन ।

 

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।

 

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा (जस्ताकोे तस्तै) वा संशोधन सहित पारित हुन सक्छ ।

 

‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा (४) मा उल्लेख छ ।

 

तीस देशका भिगन नेपालमा

 

काठमाडौँ — उनीहरु एक अर्कालाई भेटेका थिएनन्, तर देख्नेबित्तिकै चिनेझैं गरे । मायालु मुस्कान साटे र कुशल मंगल के कसो छ भनेर सोधे । ‘अहो, कस्तो रमाइलो हगी ?’ बिहीबार आफैं झैं काठमाडौं उत्रिएका अनेक देशका दर्जनौं मित्रहरुलाई भेट्न पाएको खुसीमा बेलायतकी इभेलिया लिजले भनिन्, ‘म त घर आइपुगेजस्तो पो भयो ।’

 

उनलाई मात्रै होइन, भारतकी पालक मेहतालाई पनि यसपाला काठमाडौं बढी नै आफ्नो लागेछ ।

 

‘नलागोस् पनि किन त ?’ बेलायतबाट आएका अर्का युवा केभिनले भने, ‘यतिका भिगनहरु भेट्न पाएपछि !’

 

एघार वर्ष भयो, केभिनले माछामासु, दूध, अण्डा, मह इत्यादि जीवजन्तुबाट उत्पादित कुनै खाना खाएका छैनन् । एमेलियाले यसो गर्न थालेको तीन वर्ष भएको रहेछ भने पालक मेहताले पनि केही वर्षदेखि सागपात, फलफूल र अन्न मात्रै खान थालेकी रहिछन् ।

 

एमेलिया र मेहताजस्ता तीस देशका सयभन्दा बढी अपरिचितहरु बिहीबार आपसमा भेट्नु बित्तिकै यसरी गफिनुको एउटै कारण थियो, उनीहरुको आहार जसलाई चल्तीको फेसनमा ‘भिगन’ भन्ने गरिन्छ ।

 

शुक्रबार र सनिबार उनीहरु दिनभरी नै भिगन आहारका बारेमा छलफल गर्नेछन्, एक अर्काको अनुभव सुन्नेछन् र महत्वपूर्ण कुरा, स्वादिला भिगन खानेकुराहरुको रसस्वाद गर्नेछन् ।

 

भारत, चीन, जापान, क्यानडा, इन्डोनेसिया, बेलायत, अमेरिका लगायत ३० भन्दा बढी देशबाट नेपाल आइपुगेका उनीहरु सबै ‘हिमालयन भिगन महोत्सव’ मा आएका हुन् ।

 

महोत्सववमा संसारभरबाट भिगन जीवनशैली अपनाएका चर्चित व्यक्तत्वहरु पनि आएका छन् जसमा भारतको लोकसभा सदस्य मेनका सञ्जय गान्धी पनि छन् ।

 

‘निम्तो स्वीकार्दा मलाई यतिका मानिसहरु यहाँ भेट होला भन्ने अपेक्षा नै थिएन’ बिहीबार संसारका अनेक कुनाबाट आइपुगेका भिगनहरुलाई देखेपछिको खुसी साटिन्, ‘यो त मेरा लागि एक सुखद आश्चर्य हो ।’

 

जीवहत्याको विरोधमा निरन्तर संघर्ष गर्दै आइरहेकी गान्धीले पछिल्लो समय संसारभर भिगनहरुको संख्या बढेको र त्यसको छाप नेपालमा पनि परेको देख्न पाउँदा थप खुसी लागेको बताइन् ।

 

पर्यावरण र प्राकृतिक सम्पदाले नेपाल भिगनहरुको गन्तव्य बन्न सुहाउँदो देश हो भन्दै गान्धीले गढीमाइ मेला बन्द गर्न आग्रह पनिगरिन् ।

 

‘अघिपछि खासै चहलपलह नहुने गढीमाइमा अचानक लाखौं पशुहरु भारत र नेपालबाट लगेर वध गरिन्छ जो संसारकै ठूलो पशुहत्या पर्व हो’ उनले भनिन्, ‘यो समाचारले हरेक पटक नेपालको अन्तराष्ट्रिय ख्याती गुमेको छ, लाखौं मान्छेहरु यही कारणले नेपाल आउन मन पराउँदैनन्, अन्तराष्ट्रिय भिगन महोत्सव आयोजना गरेको नेपालले अब गढीमाइको हत्या बन्द गराउनु पर्छ ।’

 

गढीमाइमा पशु वध रोकेर फूल महोत्सव, शान्ति महोत्सव वा संगीत महोत्सव गरे संसारभरी नै ठूलो सन्देश पुग्ने र लाखौं मान्छेहरु एकै पटक नेपालमा आउने उनले बताइन् ।

 

‘विश्वभर कोभिडका कारण पर्यटन घट्दै गइरहेका बेला भिगन आन्दोलनले यसलाई नयाँ जीवन दिन सक्छ’ उनले भनिन्, ‘नेपालले गढीमाइमा पशुवधको सट्टा शान्ति महोत्सव गर्‍यो भने त्यहाँ आउन मरिहत्ते गर्ने लाखौं पर्यटकमा म पहिलो हुनेछु ।’

 

उनले यसोभन्दा संसारभरबाट आएका भिगनहरुले गडगडाहट ताली बजाए । विफका लागि कहलिएको जर्मनीको बर्लिन सहर कोभिडपछिको पर्यटन मन्दीबाट मुक्त हुन कसरी भिगन सहरमा परिणत भयो भन्ने उत्प्रेरणादायी प्रसंग पनि गान्धीले महोत्सवको उद्घाटन सत्रमा सुनाइन् ।

 

‘हामी अब नेपालको पहिचानलाई भिगनहरुको गन्तव्य भनेर पनि चिनाउन चाहन्छौं,’ कार्यक्रमको आयोजक संस्था वर्ल्ड भिगन अर्गनाइजेसन, नेपालका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेले भने, ‘यो महोत्सवमा जुटेको सहभागिताले हामीलाई बल पुर्‍याएको छ ।’

 

जनावरहरुमाथि हुने हिंसाबाट मुक्त खाना खाँदा स्वास्थ्य, पर्यावरण र मनोविज्ञान सबैमा सुधार हुने हुनाले भिगन आन्दोलनको प्रवर्द्धनमा आफूहरु लागेको उनले बताए । आयोजक संस्थाका अनुसार दक्षिण एशियामा भिगनहरुको अन्तर्राष्ट्रिय महोत्सव गर्ने नेपाल पहिलो हिमाली राज्य हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय