हिजो मधेश विरोधी भनिएका ओली त्यस्तो रहेनछन भन्ने तपाईंलाई लाग्यो । अझ उनी राष्ट्रवादी रहेछन भन्ने बुझ्नुभयो र मधेश केन्द्रित राजनीति छोडेर एमालेमै जाने निर्णय गर्नुभयो त्यसो भए ?

 

हिजो पनि हामीले उहाँ (केपी ओली)ले भन्दा टाढा हेरेर बोलेका थियौं । तर, अहिले वास्तवमा हेर्नुहुन्छ भने यो मुलुकलाई केपी ओली चाहिएको छ । हामीले मुलुकको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने भयो ।

 

अहिलेको गठबन्धनको सरकारलाई हेर्दा– भ्रष्टाचार व्याप्त छ । मुलुकको आफ्नै ढुकुटीबाट कर्मचारीलाई तलब दिन सकिइरहेको छैन् । यसकारण देश कता जाँदैछ ? यसकारण देश बचाउनुपर्ने भयो । यसकारण केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउने चाहना छ ।

 

हिजो टाढाबाट हेर्दा केपी ओली मधेश विरोधी देखिन्थे । नजिकबाट हेर्दा राष्ट्रवादी देख्नुभयो हैन त ?

केपी ओली एकदम राष्ट्रवादी हुनुहुन्छ । यो देशको कायापलट गर्ने क्षमता उहाँसँग मात्रै छ । यो देशमा उहाँ जस्तो अरु कुनै नेता छ भने देखाइदिनु्स । छैन भनेपछि उहाँलाई साथ दिनुपर्छ । यही कुरा बुझेर म एमालेतिर कन्भिन्स भएको हुँ ।

 

केपी ओलीलाई हेर्ने विगतको दृष्टि फेरिनुको कारणहरु त पक्कै होला । ठोस रुपमा पनि भन्न सक्नुहुन्छ कि यस्तै सैद्धान्तिक विषय हो राष्ट्रवादी यस्तै उस्तै ?

 

उहाँको सरकारको पालामा विकासले जसरी तिव्रता लियो त्यो त सबैले देखेका छन् । देश विकासतिर उन्मुख भएको थियो । तर, गठबन्धन सरकार बनेपछि विकास ठप्प भएको छ । ठप्प भएको विकासलाई तिव्रता दिनुपर्ने छ । हिमाल, पहाड र मधेशलाई समृद्ध बनाउन केपी ओलीको विकल्प कसैले देख्दैन् ।

 

उहाँ (केपी ओली) राजनेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बाटोमा लैजाने एउटै मूल नेता हुनुहुन्छ । आफैंले बनाएको संविधानको आफैंले उल्लंघन गर्‍यो भनेर केपी ओली नेतृत्वको सरकार ढाल्न सडकमा हुनुहुन्थ्यो । केही समयमै उहाँको सरकार ढल्यो । सरकारमा हुँदा विरोध गर्ने, सरकारबाट बाहिर निस्केपछि राजनेता भन्ने यो त बडा गज्जबको भएन र ?

 

जब सरकारले रामोसँग काम गर्दैन भने जनतामा जानु नराम्रो होइन । त्यतिबेला पनि मैले यो कुरा भनेको थिएँ । जनतामा जान खोज्नु न्यायिक कुरा हो । परमादेशबाट सरकार बनेपछि त मैले गैरसंवैधानिक भयो भनेर सार्वजनिक रुपमै भनेको थिएँ ।

 

एमालेबाट संघीय सांसद पदको लागि टिकट टुंगो लाग्यो ?

टिकटको कुरा मेरो भएको छैन् । पार्टीले जो निर्णय गर्छ त्यसमा मेरो समर्थन रहनेछ । म टिकटको लागि एमालेसँग कन्भिन्स भएको हैन देशका लागि हो ।

 

 

कसले देशलाई सही दिशामा लान सक्छ भन्ने हेरेको हुँ ।उसो भए अब, मधेशमय एमाले बनाउने तपाईंको राजनीतिक उदेश्य होला हैन ?

विश्वास गर्नुहोस्, चुनावपछि मधेश प्रदेशमा एमालेकै सरकार बन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय