बिहिबार , साउन १०, २०८१

काठमाडौं भदौ ३१

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा भ्रष्टाचारीलाई चयनले बस्न नदिने चेतावनी दिएका छन्।

 

नेपाल व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले अघि बढाएको समावेशी-समानुपातिकका कुरा मन नपराउने मान्छेहरु समेत भएको बताए।

 

उनले भने, ‘प्रचण्ड अस्थिरताको कारण हो, यो रहँदासम्म देशले सुख पाएन भन्ने मान्छे पनि छन्। हो, माओवादी रहँदासम्म, माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा दलाल, नोकरशाह र भ्रष्टहरुलाई चयनसँग बस्न दिइँदैन।’

 

उनले सामाजिक न्याय र समाजवाद भनेर नेपालको संविधानमा लेखिएको भए पनि त्यसतर्फ नेतृत्वले काम गर्न नसकेको बताए। अध्यक्ष प्रचण्डले ५०/६० वर्ष पहिले नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्रै नभई खाधान्न निर्यात गर्ने गरेको स्मरण गरे।

 

उनले कर्मचारीतन्त्रमा कुनै परिवर्तन नआएको स्पष्ट पारे। प्रचण्डले भने, ‘राजनीतिक भाषा र संविधानका लिपीहरुमा ठूला परिवर्तन भए। तर हाम्रा ऐन-कानुन अझै त्यस अनुरुप बन्न सकिरहेका छैनन्।’

 

अध्यक्ष प्रचण्डले हरेक ठाउँमा घुस नदिई काम नै नहुने दावी गरे। उनले समयमा काम, गुणस्तरीय काम नहुनुमा कर्मचारीतन्त्र नै मुख्य दोषी भएको बताए। केही सीमित घरानाको दबदबामा राज्य नियन्त्रण भइरहेको उनको दावी थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय