काठमाडौं ।
२०७४ सालको निर्वाचनमा जान अघि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बाम गठबन्धन गरेर निर्वाचममा होमिए। त्यहि अनुसार निर्वाचन जित्यो। त्यसपछि नेकपाको सरकार बन्यो।
त्यस लगत्तै एमाले र माओबादी एकता भयो। निर्वाचनमा जान अगाडी गरेको सहमति अनुसार पार्टी एकता भयो। तर सरकार संचालनमा पनि सहकार्य गर्ने सहमति भएको थियो। तर ओली सहमति अनुसार अगाडी बढ्न छाडे।
पार्टीभित्रको आन्तरिक विवादकै किचलोमा नेकपा केहि वर्षा चल्यो। तर ओली र प्रचण्डबीच भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति ओलीले कार्यान्वयन गर्न ब्याक सरेपछि नेकपामा झन ठुलो विवाद उत्पन्न भयो।
त्यसपछि आफ्नै पार्टीका सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्यो। त्यहि कुरा जानकारी पाएपछि ओलीले संसद विघटन गर्यो र आम निर्वाचनको घोषणा समेत गरे।
तर संसद पुनस् स्थापना भएपछि फेरी ओलीले आफ्नो पक्षमा सांसद तान्नकै लागि मन्त्री पद उपहार दिंदै आफ्नो पक्षमा ताने। त्यहि क्रममा माओबादी केन्द्रका केहि नेताहरु मन्त्री पदको लोभले ओलीलाई साथ दिए अनि मन्त्री बने।
ति नेताहरु मध्ये एक हुन् माओवादी छाडेर एमालेमा आएका टोपबहादुर रायमाझी । टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बने। नेकपा ९माओवादी केन्द्र० त्यागेपछि सांसद पद खोसिए।
माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको दल त्यागको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई जानकारी गराएपछि रायमाझी संविधानको व्यवस्था अनुसार मन्त्री पदबाट स्वतः मुक्त भए ।
त्यहि रायमाझी यस पटक अर्घाखाँचीबाट उम्मेदवार बन्दैछन् । लामो समय माओवादीबाट जितेका रायमाझीलाई एमालेकै पुराना कार्यकर्ताले त्यति रुचाएका छैनन् ।