मंगलबार , फागुण १५, २०८०

प्रधानमन्त्री देउवालाई हराउनुलाई नै सागरले आफ्नो लक्ष्य मानेका छन् । तर हराउनु भन्ने शब्द प्रयोग नगरेर सागर देउवालाई

 

 

 

‘आराम’ दिन डडेलधुरा आएको बताउँछन् ।डडेलधुरामा देउवा भएकैले गुल्मी छोडेर आएको तर्क गर्ने सागर भन्छन्, ‘हजुरबाको इनर्जी नाति पुस्तामा सार्न डडेलधुरा आएको हो । देशभर एउटा म्यासेज पनि दिनुपर्‍यो नि !

 

 

 

’३१ भदौ, धनगढी । पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव लड्न डडेलधुराका गाउँ घुमिरहेका हुन्४० वर्ष मुनिका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुपर्ने एजेण्डा लिएर

 

 

 

५२ वटै वडामा सहयोगी समूह विस्तार गरिरहेको ढकाल बताउँछन् । ‘१०/१२ वटा देश घुमें, अहिले डडेलधुरामा विकास कस्तो रहेछ भनेर गाउँ–गाउँ गइरहेको छु’, ढकाल भन्छन् ।डडेलधुराको गाउँघर घुम्नुको उद्देश्यमा सागर ढकालको सार्वजनिक घोषणा छ–

 

 

आगामी चुनावबाट सांसद बन्ने ।प्रधानमन्त्री देउवाकै क्षेत्रबाट सांसद बन्ने तयारीमा जुटेका ढकाल, प्रत्येक वडामा ३५० जनासम्म जोडिएको दाबी गर्छन् ।

 

 

 

डडेल्धुराको गाउँगाउँ हिंड्दा जुकाले टोकेर खुट्टा सुन्निएका छन्’ ढकाल भन्छन्, ‘तैपनि कुनाकुना र वडा-वडामा गएर हेर्दैछु । समस्या बुझिसकेपछि क्षेत्रीय एजेन्डा हुन्छन् । भोलि चुनाव चिह्न पाउँछौं ।’सागरको प्रारम्भिक अवलोकन अनुसार, डडेलधुराको अवस्था अफ्रिका जस्तै छ ।

 

 

‘अफ्रिका जाँदा मैले सबैभन्दा ठूलो पानीको समस्या देखेको थिएँ’ उनी भन्छन्, ‘डडेलधुरामा पनि पानीको समस्या रहेछ ।’डडेलधुरामा पानीको समस्या हुनु कल्पना बाहिरको कुरा भएको सागर बताउँछन् । ‘तल खोलामा पानी छ, तर माथि लैजान सक्नुभएको छैन’ उनी भन्छन्, ‘पहिरो खस्ने समस्या पनि रहेछ । बालबालिका तीन घण्टा हिंडेर स्कूल जानुपर्ने रहेछ ।’

 

महिनावारी भएका किशोरीहरू यति लामो बाटो कसरी हिंड्छन् भन्ने प्रश्न लगातार मनमा उब्जिने गरेको सागर बताउँछन् । सुरक्षा र मौसमका दृष्टिले पनि लामो बाटो हिंडेर स्कूल जानु कठिनाइ लागेको छ, सागरलाई ।

 

जताततै पहिरो र फोनमा नेटवर्क नहुनुलाई सागर जंगली युगसँग तुलना गर्छन् । ‘यावत् समस्या देख्दा मलाई त हामी अझै जंगली युगमै हो कि जस्तो लाग्यो । साह्रै बिजोग छ’, उनी भन्छन् ।

 

डडेलधुरा नै किन ?

 

स्वतन्त्र उम्मेदवार गुल्मीमा नबनेर किन डडेलधुरा भन्ने प्रश्नमा सागर भन्छन्, ‘जहाँबाट विद्युत् आउने हो, त्यहीं प्लग हालेपछि बिजुली आउने हो ।’ अर्थात् प्रधानमन्त्री देउवालाई हराउनुलाई नै सागरले आफ्नो लक्ष्य मानेका छन् । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय