शुक्रबार , बैसाख ७, २०८१

खबरमुकाम । नेकपा (एमाले)का नेता देवी ज्ञवालीले देश र जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले भएको दावी गरेका छन् ।

 

 

पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पार्टीको निर्देशनमा मृत्युवरण गर्न तयार हुने बताएका हुन् ।

 

एमाले नेता तथा कार्यकर्ता पदको लागि नभइ देश र जनताका लागि लडिरहेको जिकिर गर्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन् ।

 

 

मृत्युवरण गर्न तयार छन् ।’ ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर पठाएको ज्ञवालीको भनाइ छ ।

 

उनले आगामी चुनावमा चितवनबाट प्रचण्डलाई हराएर छाड्ने दाबी गरे ।

 

एकताको नाममा प्रचण्डले एमाले कब्जा गर्ने प्रयास असफल भएपछि १९ पृष्ठको अभियोग लगाएको आरोप लगाउँदै ज्ञवालीले अब चितवनमा माओवादीको रजगज नचल्ने चेतावनी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय