शुक्रबार , बैसाख ७, २०८१

जय नेपाल हलमा सुरूङभित्र बग्थ्यो टुकुचा, अब ४ मिटर नदीलाई छोडेर दायाँबायाँ करिडोर बनाइने (भिडियो सहित) उपमेयर सुनिता डंगोलले दिइन् स्थानीयलाई धन्यवाद भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

 

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।

 

महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।

 

महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्।

 

महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।

 

उनले यसका लागि ६ अर्ब बजेट रहेको जानकारी दिए। यो काम पाँच वर्षभित्र पूरा हुने उनले बताए। ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।

 

हेर्नुहोस भिडीयो सहित् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय