बिहिबार , बैसाख १३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यस प्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने छ । पढाइ आज खासै राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । तर, लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागी हुन सक्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

राजनीतिक पहुँच बढ्नेछ । तर, पनि भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान सम्मानमा चोट पुग्नेछ । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हात लागी हुनेछन् । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय