मंगलबार , फागुण १५, २०८०

काठमाडौं ३१ भदौ । नेकपा एकीकृत समाजवादी (एस) का बरिष्ठ नेता झलनाथ खनालले आफुलाई जनताले मत दिनेमा ढुक्क भएको बताएका छन् ।

 

बिहिबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रममा सहभागी भएका नेता खनालले मुलुकको प्रगतिका लागि पनि जनताले आफुलाई मत दिने बताएका

 

 

हुन्गणतन्त्रका पक्षधर, संविधानका पक्षधर, मुलुकमा स्थायीत्व प्रगतिका पक्षधर र सम्भव हुन्छ भने समाजवादका पक्षधरहरुलाई इलामे जनताले यस निर्वाचनमा सहयोग गर्नुछन् । खनालले भने ।

 

सत्ता गठबन्धनबीच कार्यगत एकता भएकाले कतिपय विषयमा मतभिन्नता हुनु स्वभाविक भएको तर्क राखेका खनालले इलाम जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने दावी गरे ।

 

अहिलेको सरकारले कतिपय राम्रो काम गरेपनि सरकारको सबैकाम हेरेर ‘पुरै उज्यालो’भनेर टिप्पणी गर्ने अवस्था भने नरहेको बताएका उनले प्रतिपक्षीको निरन्तरको अवरोधका कारणले पनि सरकाले काम गर्न नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय