बिहिबार , फागुण १०, २०८०

प्रधानमन्त्री देउवालाई हराउनुलाई नै सागरले आफ्नो लक्ष्य मानेका छन् । तर हराउनु भन्ने शब्द प्रयोग नगरेर सागर देउवालाई ‘आराम’ दिन डडेलधुरा आएको बताउँछन् ।

 

डडेलधुरामा देउवा भएकैले गुल्मी छोडेर आएको तर्क गर्ने सागर भन्छन्, ‘हजुरबाको इनर्जी नाति पुस्तामा सार्न डडेलधुरा आएको हो । देशभर एउटा म्यासेज पनि दिनुपर्‍यो नि !’पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव लड्न डडेलधुराका गाउँ घुमिरहेका हुन् ।

 

४० वर्ष मुनिका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुपर्ने एजेण्डा लिएर ५२ वटै वडामा सहयोगी समूह विस्तार गरिरहेको ढकाल बताउँछन् । ‘१०/१२ वटा देश घुमें, अहिले डडेलधुरामा विकास कस्तो रहेछ भनेर गाउँ–गाउँ गइरहेको छु’, ढकाल भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय