काठमाण्डौ

 

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् फुटपाथ व्यवस्थित गर्नदिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले पनि सामाजिक सन्जालबाटै जवाफ दिएका छन् ।

उनले बाबुरामलाई सामाजिक संजाल मार्फत फर्काउदै भनेका छन् ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।

 

भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया दिएका छन् ।

 

यो पनि कमल थापाले भने ‘स्याबास बालेन, सुनिता १ सानो छँदा टुकुचामा पौडि खेलेको याद ताजै छ’

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको कामको प्रशंसा गरेका छन् । बिहिबार काठमाडौ महानगरपालिकाले अनधिकृत भौतिक संरचना भत्काउने क्रममा हराएको टुकुचा खोला फेला परेको थियो ।

 

हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड डोजरले भत्काउने क्रममा खोला फेला परेपछि मेयर बालेनलाई धेरैले धन्यवाद दिइरहेका छन् । यस्तै अध्यक्ष थापाले पनि काठमाडौंका मेयर र उपमेयरले एकपछि अर्को साहसिक काम गरेको बताएका छन् । उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना आएको बताएका छन् ।

 

उनले लेखेका छन् – स्याबास बालेन१ स्याबास सुनिता१ हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि २क्जबजद्यबभिल २क्गलष्तबम्बलनयज्ञिण् लाई धन्यवाद सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय