मंगलबार , फागुण १५, २०८०

काठमाडौँ। सत्तारुढ दल नेकपा एसका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका थिए ।

 

प्रतिनिधिसभा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताएका थिए ।

 

उनले,“माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ, वाइन कहिल्यै नै खाँदैन, हिन्दू परिवारबाट आएको भए पनि हिन्दू धर्म वा कुनै पनि धर्म मान्दैन, हामी कम्युनिष्ट हौँ, जनताको धर्मको अधिकारलाई सम्मान गर्छाैं ।”

 

“जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाए पनि हामी जान्छौँ, म त भगवान् मान्दिनँ, जनताको भावनामा चोट पु¥याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ”, उनले भनेका थिए ।

 

यो पनि पढ्नुहोस

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

 

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन ।

 

 

आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय