बिहिबार , साउन १०, २०८१

 

 

मेयर बालेन पृथ्वीनारायण शाहको अवतार हुन – पुर्व प्रधानमन्त्री डा. भट्टराई

Breaking News

September 16, 2022AdminLeave A CommentOn मेयर बालेन पृथ्वीनारायण शाहको अवतार हुन – पुर्व प्रधानमन्त्री डा. भट्टराई

प्रकाशित मिति । ३१ भाद्र, २०७९ ।

 

काठमाडौ । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाहलाई पृथ्वीनारायण शाहको अवतार रुपमा चित्रण गरेका छन ।

 

भट्टराईले सा संजाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन । उनले काठमाडौ उपत्यकालाई ताचुव उपत्यकाको परिभाषा दिएका छन ।

 

भट्टराईले उपत्यकालाई हरिसिंह देव, जयस्थिती मल्ल, पृथ्वीनारायण शाह देखि वालेन्द्र शाह साग जोडेर एउटा स्टाटस लेखेका छन । बाटो बिस्तारमा आजसम्म कसैले गर्न नसकेको काम गरेर जनताको मनमुटुमा बस्न सफल भट्टराईले पछिल्लो चरणमा मेयर बालेनलाई आफू संग संगै तुलना गर्दै तारिफ गरिरहेका छन ।

 

उनले लेखेका छन, “काठमाडौं ताजुव उपत्यका हो । काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो ।”

 

भारतीय राजा संगै उपत्यकाले नेपालका मल्ल राजा हुँदै पृथ्वीनारायण शाहको पनि चर्चा गरेका छ । उनले लेखेका छन, “पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।”

 

भट्टराईको धारणा सामाजिक संजाल फेशबुकमा सार्वजनिक हुनासाथ अहिले सामाजिक संजालभरी उनकै चर्चा चलिरहेको छ । कसैले यसलाई सकारात्मक रुपमा बुझेका छन भने कसैले आलोचना गरेका छन ।

 

यस्तो छ डा. बाबुराम भट्टराईले फेशबुकमा लेखेको स्टाटस

 

काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।

 

 

 

युरोप जाने घरेलु कामदारले तालिम लिनुपर्ने

 

काठमाडौँ — सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

 

हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो ।

 

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।

 

विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ ।

 

०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि कायम नरहने

 

काठमाडौँ — निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वत: कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् ।

 

समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै समाप्त हुने छ ।

 

‘राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९।०५।२८ को पत्र तथा मिति २०७९।०५।२९ को राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ’ आयोगको विज्ञप्तिमा छ,’ आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।’

 

जनताको घाँटीमा अड्किएको कुरालाई सदनमार्फत उजागर गर्‍यौं : डिला संग्रौला

 

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले गएको पाँच वर्षमा जनताका समस्यालाई सदनमार्फत उजागर गर्ने आफूहरूको प्रयासलाई इतिहासले मूल्यांकन गर्ने बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद संग्रौलाले गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई आफूहरूले सदनमार्फत उजागर गरेको र त्यो प्रयासलाई इतिहासले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

 

‘म यसबेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु । एक जना पत्रकारले एक पटक उहाँलाई सोधे- तपाईं आफूलाई नेपाली जनताले कसरी सम्झून् भन्ने चाहनुहुन्छ ? बीपीले भन्नुभयो- मैले जनताको घाँटीमा अड्केर बसेको कुरालाई सार्वजनिक गर्ने प्रयास गरें; त्यसै रुपमा मलाई सम्झनु भए हुन्छ‚’ सांसद संग्रौलाले भनिन्‚ ‘गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई हामीले कुन हदसम्म यो सदनमार्फत उजागर गर्न सक्यौं; इतिहासले त्यसको अवश्य मूल्यांकन गर्ने नै छ ।’

 

गएको झन्डै ५ वर्षदेखि सदनको सदस्यको रुपमा प्रतिनिधि सभाको काम कारबाहीमा सहभागी हुन पाएको खुसी व्यक्त गर्दै उनले आफूले सदनमा कयौं कुरा सिक्ने मौका पाएको र जनताका दैनिक सवालहरू उठाउने मौका पाएको बताइन् । ‘अलि दुःख पनि लाग्छ- दुई-दुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभालाई समयअगावै भंग गर्ने प्रयासहरू पनि गरियो तर संवैधानिक चेक एन्ड ब्यालेन्सको पद्धतिले गर्दा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको छ ।’

 

सदनमा पुनः फर्केर आउन सफल हुनेहरूले जनताको पीर‚ मर्का र राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राख्दै काम गर्नका लागि शुभेच्छा प्रकट गरिन् । ‘प्रजातन्त्रको सौन्दर्य पनि त्यहि हो । यस अवसरमा सम्माननीय सभामुख महोदयलगायत सम्पूर्ण संसद् सचिवालयप्रति आभार व्यक्त गर्न चाहन्छु‚’ उनले भनिन्‚ ‘आगामी दिनमा कुनै न कुनै रुपमा अवश्य भेट हुने नै छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय