बिहिबार , साउन १०, २०८१

माधव नेपालको पार्टीले एक सिट जिते, म राजनितिबाट सन्यास लिन्छुः के पी ओली !

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् ।

 

 

 

नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे ।पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्,माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।

 

 

’ प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ ।

 

 

३ प्रतिशत मत नल्याए जति सिट जितेपनि समानुपातिकतर्फको सांसद निर्वाचित हुने छैनन् ।ओलीले माधव नेपालको कडा आलोचना गर्दै निरन्तर खिइदै गएको टिप्पणी गरे ।

 

 

माधव नेपाललाई छाडेर धमाधम एमालेमा फर्किइरहेको ओलीको भनाई थियो । यो पनि पढ्नुहोस्:सर्वाधिक विवादित नागरिकता विधेयक अब के होला ? भन्ने आम चासो बढेको छ ।

 

 

 

सबैको ध्यान शीतलनिवासतर्फ मोडिएको छ ।राष्ट्रपति भण्डारीलाई अब चाहि अप्ठ्यारो पर्ने संकेत देखिन थालेका छन् । विधेयक प्रमाणिकरण गर्नुबाहेकको विकल्प नभएको बताउन थालिएको छ ।

 

 

 

यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु।’नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिसमक्ष पुगेको छ।

 

 

 

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको नागरिकतासम्बन्धी विधेयक गत साउन

 

 

२९गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनःविचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय