बुधबार , फागुण १६, २०८०

विश्वमा केही चकित पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्छ ।

 

भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । जुन शिव लिंगमा हरेक १२ वर्षमा एक पटक चट्यांङ पर्छ । चट्यांङ किन पर्छ त्यसको आधिकारिक तथ्य अझै पत्ता लगाउन सकिएको छैन ।

 

हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ ।

 

पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता छ ।

 

चट्याङ पर्दा मन्दिरमा अरु क्षति हुँदैन, तर शिवलिङ्ग चाहिँ टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् ।सोमबारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ । ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो ।

 

सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन् । सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।

 

कष्ट हटाउन यसो गर्नुहोस्

 

१ शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।

 

२ मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।

 

३ चामल, दूध, चाँदी दान गर्नुहोस् ।

 

४ चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।

 

५ खीर खानु पनि शुभ हुन्छ ।

 

६ जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।

 

७ चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

 

८ मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।

 

९ धनधान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।

 

१० लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय