बिहिबार , साउन १०, २०८१

वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ।

 

अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरालाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत २०७९ असार समान्तसम्म सबै तिरिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन ऐन आउनुभन्दा अघि घरबहाल कर राजस्वा कार्यालयमा बुझाउदै आएको थियो।

 

‘अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम ( स्थानीय सरकार संचालन ऐन २०७४) जारी हुनु अघि झै केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेल मार्फत मिति ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आ.व. को श्रावण १ गते देखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जम्मा गरीने व्यहोरा अनुरोध छ,’ अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।केही समय अघि काठमाडौं महानगरले वीर अस्पताललाई घरबहाल कर तिर्न ताकेता गरेको थियो ।

 

तर, अस्पतालले भने घरबहाल कर केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेलमार्फत तिरेकाले राजस्वमा नै गएर विवरण हेर्न भनेको थियो।

 

पछिल्लो समय महानगरले उठाउन बाँकी रहेको कर निरन्तर उठाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय