बिहिबार , साउन १०, २०८१

 

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापाप्रति गाउँलेहरुको आकर्षण देखिएको छ ।

 

 

थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैचाका मतदातासँग भेटघाट गरिन ।

 

 

उनले मोरङ ३ का बिभिन गाउँतथा नगरका वडाहरुमा स्थानीयहरुसँग समस्याहरुबारे जानकारी लिइन ।

 

उनले सबै उमेर समूहका मतदाताहरुको अपार माया पाइरहेको बताइन । तपाईहरुको समस्यासँग जुध्न उम्मेदवार बनेर आउने बताएपछि स्थानीयहरुले रेखाको पक्षमा नारा लगाएका थिए । उनले नेता भनेको शासक होइन सेबक हुनुपर्ने बताईन । रेखालाई अग्रज मतदाताहरुले आशिर्वाद दिएका थिए भने महिलाहरुले अंकमाल गरेर उम्मेदवारीप्रती खुशी साटासाट गरेका थिए ।

 

घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदविक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन ।

 

 

थापाले ‘ठगहरुलाई लखेट्ने’ बताउँदै आफ्नो मत खेर नफाल्न आग्रह गरिन ।

 

 

 

‘अहिलेसम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेका छौं, उनले भनिन ।

 

 

 

पुराना नेताहरुले जनतालाई बर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्ने स्थानीयहरुको प्रतिक्रिया पाएको उनले बताइन । हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर उनी यतिबेला जनताको घरदैलोमा पुगिरहेकी छिन् । ‘जहाँ पुग्छु मलाई युवाले माया र ज्येष्ठ नागरिकले आशिर्वाद दिने गर्नुभएको छ,’ थापाले भनिन् ।

 

‘उहाँले रिल लाईफमा हाम्रो समस्याहरु उठाउनु भएको छ। अब जनताका आवाज बोल्न समस्याको समाधान गर्न सदनसम्मै पुर्याउनेछौ,’ रेखासँग एक स्थानीयले भने ।हारजीत जे भएपनि जनताहरुको साथमै रहने बताउँदै उनले भनिन,‘म तपाइँहरुसँग आत्मजागरण गराउन आएको हुँ ।

 

 

। मत अब कदापी खेर जानु हुन्न ।’ भेटघाटका क्रममा धेरै मतदाताले पहिलेका उमेदवारले चुनाव जितेर जाने त्यसपछि फर्किएर नआउने गरेको गुनासो गरेको सुनाइन ।

 

रेखाको निर्वाचन क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूवर्क बताउने गरेका छन् ।

 

 

 

थापाले मतदातासँग भनिन्, ‘ठूला राजनीतिक दलका नेताले आफ्नो व्यवसाय फस्टाउने काम मात्र काम गरे। गाउँ–गाउँका जनता अहिले पनि सामान्य उपचार गर्न सहर जानुपर्ने बाध्यता बनाएका छन्। म यी सबै हिसाबकिताब गर्न आएकी छु। म काम गर्न सक्छु, म नेपाली दिदीबहिनीहरूलाई चुलोबाट बाहिर निकाल्ने काम गर्छु।’

 

 

 

महिला दिदीबहिनीहरूको सुरक्षाका लागि आफू ‘काली’ बनेर आउने छु,’ उनले भनिन, ‘दिदीबहिनीहरूलाई राति हिँड्दा कसैले छोयो भने म काली बनेर सुरक्षा गर्न आउँछु।’मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ ।

 

 

 

त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न लागेकी राप्रपा नेतृ थापा भने सबैभन्दा पहिले चुनावी अभियान लिएर गाउँ पसेकी हुन्।

 

नायिका थापा चुनावी अभियानमा हिँडेपछि सोही ठाउँका बालबालिकाहरु तथा आम मानिसहरु खुसि देखिएका छन् । उनीसंग फोटो खिचाउनेहरुको संख्या बढेको देख्न सकिन्छ । नेपाली चलचित्रमा पनि उनको छुट्टै क्रेज छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय