आइतबार , कार्तिक ७, २०७८

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट युवाविद्यार्थीलाई आ’क्रा’म’क बन्न निर्देशन दिएका छन् ।

उनले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आ’क्रा’म’क बन्न निर्देशन दिएका हुन् ।

‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भने,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उनले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताए ।

उनले युवाविद्यार्थीलाई अझै कडा रुपमा प्रस्तुत हुन भने । आन्दोलन साकाहारीले मात्र नपुग्ने बताए । उनले अबको आन्दोलन हिं’सा’त्म’क हुनसक्ने संकेत गरे ।

माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आ’क्रा’म’क अभिव्यक्ति आएको छ । यसले अबको आन्दोलन हिं’सा’त्म’क हुने संकेत समेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी भन्दै विदेशीको अगाडि लम्पसार परेको आरोप लगाए । उनले भने,‘उहाँ लम्पसारवादी हुनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय