बिहिबार , साउन १०, २०८१

माधव नेपालको पार्टीले एक सिट जिते, म राजनितिबाट सन्यास लिन्छुः के पी ओली !

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे ।

 

पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।’ प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ । ३ प्रतिशत मत नल्याए जति सिट जितेपनि समानुपातिकतर्फको सांसद निर्वाचित हुने छैनन् ।

 

ओलीले माधव नेपालको कडा आलोचना गर्दै निरन्तर खिइदै गएको टिप्पणी गरे । माधव नेपाललाई छाडेर धमाधम एमालेमा फर्किइरहेको ओलीको भनाई थियो ।

र यो पनि

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै विभिन्न सडक व्यवसायीहरू आन्दोलित भएका छन्।

 

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरू आक्रोशित भएका हुन्। साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए।उनीहरुले दसैं–तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा आफूहरुलाई जिविकोपार्जनमा समेत रोक लगाउने कार्य भएको भन्दै महानगरको विरोध गरेका छन्।

 

उनीहरुले ‘श्रमको सम्मान गर, स्वरोजगारलाई सम्मान गर, महानगरमा श्रम डेस्क स्थापना गर’, कि रोजगार देउ, कि स्वरोजगार हुन देऊलगायतका नारा लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय