Nepali Rajneeti

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध तय भएको आन्दोलनमा ‘प्रतिक्रान्तिकाकारीको मुटु हल्लिने गरी’ लाग्न आग्रह गरेका छन् ।

अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडाैंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने भन्दै आन्दोलनमा आफू लाठी खान तयार भएको बताए ।

‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ’ प्रचण्डको भनाइ छ ।

‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको भन्दै प्रचण्डले उनको सेटिङप्रति शंका गर्नुपर्ने बताए ।

‘सेटिङ भैसकेको छ हाम्रै पक्षमा फैसला आउछ भन्ने केपी ओली र उनका मान्छेहरुप्रति शंका गर्नुपर्छ’, प्रचण्डले ओलीको सेटिङविरुद्ध पनि आन्दोलन कडा बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय