शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समय हसिँमजाकको नभएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धीको हत्या भएको बेला हास्न नसक्ने बताउनु भयो । उहाँले आफ्नो बुबाआमा मरेको बेला परिवारमा कोही हास्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्तीले भन्नु भएछ मैले जनतालाई हसाउँदा अरुलाई किन चिन्ता, त्यो मलाइ नै भन्नु भएको हो, उहाँले (प्रधानमन्त्तीले) मान्छेलाई हसाउनु भएछ मलाई पीर पर्नुभन्दा के भने नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धी ह’त्या’ भएको छ, हामी कसरी हासौँ।’

उहाँले थप्नुभयो, ‘बा आमा मेरपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्तामा हामी हास्न सक्दैनौं।’

उहाँले विगतमा लाखौँ जनताले गणतन्त्र र समावेशीको लागि उत्साहित भएर आन्दोलन गरिरहदा ओली रुँदै हिडेको आरोप लगाउनु भयो । त्यो बेला ओलीले बयलगाडाको कथा हाल्दै हुनसक्दै न हुन सक्दैन भनेर हिडेको बताउनु भयो ।

आज आफैँले संविधानमाथि प्रहार गरेर सिंगै देश स्तब्ध पारेको प्रधानमन्त्तीको उल्टो खोपडी देखेर अनौंठो भाव ब्यक्त गरेको बताउनु भयो ।

प्रधानमन्त्रीले जति कमिट गरेपनि स्वतन्त्रता भएको तर उहाँले जति कमिट गरेपति एउटा जोकरले देखाएको जोकिङ बाहेक केही नभएको दावी गनुृभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताका बेलाको सिद्धान्त अतिक्रमण गरेको आरोप लगाउनु भयो ।

पार्टी एकताको मूल्य मान्यता भन्दा प्रधानमन्त्ती बाहिर गएकाले त्यसप्रति आपत्ति आफूहरुको रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय