बिहिबार , साउन १०, २०८१

बालेनले गरे फेरि अर्को चमत्कार, १७ राेपनी सरकारी जग्गा हड्पेर बनाएकाे ड्राइभिङ सेन्टर भत्काए (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

 

फुटपाथ व्यवसायीको माग- दसैंसम्म व्यवसाय गर्न पाऊँ

काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दसैंसम्म आफ्नो व्यापार-व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन्।

 

महानगरपालिका प्रमुख बालेन शाहले अनधिकृत रूपमा निर्मित संरचना र फुटपाथ व्यवसाय हटाउन सुरू गरेसँगै फुटपाथ व्यवसायीले दसैं आइसकेको र दसैंसम्म व्यवसाय गर्न दिन आग्रह गरेका हुन्।

 

माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दसैंको समयमा काम गर्न दिन आग्रह गरे।

 

‘हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौं। तर हामीले किनेर ल्याएको कपडा दसैं अगाडिसम्म बिक्री गर्न दिइयोस्,’ उनले भने। भक्तपुरका भरत बस्नेत पनि विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बेच्दै आएका छन्।

 

उनले भने, ‘हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौं। दसैं मुखमा आएको छ, दसैंको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्।’

 

धादिङकी यशोदा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आएकी छन्। प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर आफूहरूलाई समस्या पारेको उनले बताइन्।

 

भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि मात्र हुन्। अहिले महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन्। बिहान र बेलुका व्यापार गर्दै आएका उनीहरूसँग हाल ४० लाख मूल्य बराबरको सामान छ। दसैंको समयमा सामान बेच्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा छ।

 

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौंका न्यूरोड, कोटेश्वर, कलंकी, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा साँझमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ। यसरी व्यापार गर्नेहरूले व्यापार-व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन्।

 

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताए।

 

‘महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो। जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृत रूपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो,’ उनले भने। महानगरले लिएको नीतिलाई सहयोग गर्न समेत उनले आग्रह गरे।

 

पछिल्लो समय महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ।

 

महानगरले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौंका विभिन्न क्षेत्रमा नक्साविपरीत अनधिकृत रूपमा बनाइएका संरचना हटाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय