काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएका कर्मचारी नेता भोला पोखरेल एमालेमै फर्कनु भएको छ । बिगतमा केही भ्रममा परेर नेपाल नेतृत्वको पार्टीतिर लाग्नुभएका पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमै फर्कनुभएको हो ।

 

अध्यक्ष ओलीले पोखरेललाई आज पाटीृमा स्वागत गर्नुभएको छ । पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक टे«ड युनियन महासंघको पनि नेतृत्वकर्ता हुनुहुन्छ ।

 

पोखरेल बिगत लामो समयदेखि माधव नेपालका बिश्वासपात्रका रुपमा रहनुभएको थियो । पछिल्लो समय माधवले कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउन थालेपछि क्रमशः एमालेमै फर्कने निर्णयमा पोखरेल पुग्नुभएको हो ।

 

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अव कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताउनु भएको छ ।

 

यो पनि पढ्नुहोस

स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

 

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ ।

 

 

 

स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

 

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘

 

 

नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

 

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

 

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन ।

 

 

तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन । संघीय निर्वाचनको सम्भावित अंकगणित: जोगाउला त एमालेले २०७४ सालको विरासत ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय