बिहिबार , साउन १०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले कसैले नचिताएको नतिजा ल्याउने दाबी गरेका छन् ।

 

नेपाल लोकतान्त्रिक तमु संघको सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिरको चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।

 

उनले एमालेको पक्षमा व्यापक जनलहर सिर्जना भएको बताए । उनले भने,‘हिजो जनकपुरको एउटा निर्वाचन क्षेत्रमा १० हजारलाई पार्टी प्रवेश गराएँ । असोज ८ गते अर्को निर्वाचन क्षेत्रमा प्रवेश गराउन जाँदैछु । एमाले प्रवेशको लहर छ । राष्ट्रिय रुपमा मात्र होइन विश्वले नचिताएको नतिजा एमालेले ल्याउन सक्छ, जनता जागेपछि कसैको केही लाग्दैन ।’

 

अध्यक्ष ओलीले माधव नेपालले दक्षिणपन्थीलाई खुसी पार्न एमाले विभाजन गराएको आरोप लगाए । १५ वर्ष नेपाललाई महासचिव बनाएर टिकाएपनि आफू अध्यक्ष बनेको उनले देखि नसहेको उनले बताए ।

 

उनले भने,‘माधव नेपाललाई मैले महासचिव बनाएर १५ वर्ष टिकाएँ, कसैले राजीनामा नमाग्दा प्रधानमन्त्री थाम्न नसकेको होइन ? अर्कोले केही गर्यो भने डाहा गरेर छट्पटिने ।’

 

अध्यक्ष ओलीले निर्वाचनमा सत्ता गठबन्धनले बुथ कब्जा गर्ने योजना बनाएको भन्दै त्यसको सूचना आफूकहाँ आएको बताए । उनले भने, ‘ गठबन्धनले बुथ कब्जा गर्ने योजना बनाएको छ । प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह गरोस्।’ अध्यक्ष ओलीले सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय