बिहिबार , साउन १०, २०८१

काठमाडौंका ५ वटा क्यासिनोले महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन्। तिनले मनोरञ्जन करबापत ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। यस्तै, काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ।

 

फन पार्क र क्यासिनोले मनोरञ्जन कर बापत् ८४ लाख ३४ हजार ९ सय ३९ रुपैयाँ बुझाएको महानगरपालिकाले जनाएको छ।

 

यस्तै, म्यारिटको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार, हायाताको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रीएसनले ९ लाख ८९ हजार, सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलीन क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

महानगरपालिकाले ती क्यासिनोलाई भदौ १९ गते मनोरञ्जन कर बुझाउन भन्दै पत्राचार गरेर एक हप्ताको अल्टिमेटम दिएको थियो।

 

र्‍याडिसन होटलको क्यासिनो र्‍याट र याक एन्ड यतीको रोयल क्यासिनो हाल सञ्चालनमा नरहेकाले कर नबुझाएको महानगरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय