बिहिबार , साउन १०, २०८१

धरानका मेयर हर्क साम्पाङको प्रश्न, ‘को हो भीआईपी र भीभीआईपीहरु ?’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् ।

 

चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण मङ्लबार काठमाडौंका सडक भएको अस्तव्यस्ततामाथि ब्याङ्ग्य गर्दै यस्तो मेयर साम्पाङले यस्तो प्रश्न गरेका हुन् ।

 

मेयर राईले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको बताएका छन् ।

 

उनले भनेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै । काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

 

आज राजधानीमा भीआईपी सवारी आवागमन भन्दै विभिन्न स्थानहरूमा सडक खाली गराइएको थियो । यस विषयमा सामाजिक सञ्जालमा ठूलो बहस भएको थियो ।

 

एकजनाको सुरक्षाको नाममा भन्दै राजधानीबासीलाई सास्ती दिन नहुने धेरैको माग छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पनि यसबारेमा आपत्ति जनाएका छन् ।

 

सडकको भिडमा एक एम्बुलेन्सको तस्बिर राख्दै बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले ती भीआइपी लाई सुनाईदिनु.. तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआइपीहरुले एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउ मा राखेका छन् ।

 

जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्स लाई रोकिन दिनु भएन, ज्यान भन्दा ठूलो सवारी कुनै भीआइपी को हुनु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय