मंगलबार , बैसाख ४, २०८१

एजेन्सी।

विगत ९ महिनादेखि विश्वलाई तनाव ग्रस्त पारेको नयाँ कोरोना भाइरसको लक्षण पत्ता लगाउन सुरुमा निकै गाह्रो भएको थियो ।

कोरोना संक्रमित व्यक्तिहरुमा ज्वोरो आउनु, थकाइ लाग्नु, श्वास प्रस्वासमा कमि आउनु, कफ हुनु सामान्य लक्षण हो ।

तर, अनुसन्धानको क्रममा विज्ञहरुले कोरोना संक्रमित व्यक्तिहरुमा मुखमा समेत खराबी हुने र यो कोरोना लक्षण समेत भएको स्पष्ट पारिएको छ । भाइरसको अनुसन्धानको क्रममा नयाँ लक्षण विज्ञहरुले पत्ता लगाएका हुन् ।

लण्डनस्थीत रहेको किङ्स कलेजका एपिडेमोलोजीस्ट प्रा. टिम स्पेक्टरले नयाँ कोरोना भाइरसको लक्षणलाई सार्वजनिक गर्न सफल भएका छन् ।

यसमा कोरोना संक्रमणको लक्षण मुख खराब हुँदा पनि हुनसक्न जनाएका छन् ।

प्राय जसो संक्रमितमा मुखमा खराबी देखिएको, जिब्रोमा घाउँ आउने देखिने गर्दछ । यसलाई कोभिड टङ नामाकरण गरिएको छ ।

टिमले अनौठौ लक्षण यसलाई भनेका छन् । यो पाँच मध्ये एक व्यक्तिमा हुने जनाइएको छ । यसले जिब्रोमा अलसर निम्त्याउन सक्ने पनि विज्ञले जनाएका छन् ।

जिब्रोमा सेता प्रकारको दाग देखिएको र यो पूर्ण रुपमा कोरोना लक्षण भएको समेत टिमले जनाएको छ ।

कोरोनाबाट निम्तीएको लक्षण स्वतह एक हप्तापछि सामान्य अवस्थामा फर्किने गर्दछ ।

मुखमा खराबी भएपछि आफू जागरुक भइ स्वतह कोरोना परिक्षण गर्न जरुरी रहेको संक्रमण देखिएमा सेल्फ आइसोलेशनमा बस्नु पर्ने विज्ञहरुले सुझएका छन् ।

मुखमा खराबी देखिएसंगै कोरोनाको अन्य लक्षण ज्वोरो आउनु, सुख्खा खोकी, घाँटी खसखसाउनु, नाक बग्नु, छाती दुख्नु र श्वास प्रसवासमा कमी, पेटमा ग्यास भर्नु, स्वाद नथाहाँ पाउनु किसिमका लक्षण देखिने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय