काठमाडौं भदौ २९

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।

 

अध्यक्ष नेपालले निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताए ।

 

 

बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरूलेसमेत टिकटको आकांक्षा राखेको बताए ।

 

अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउँदा बेहोस् हुने हुन कि भन्ने चिन्ता आफूलाई लागेको पनि टिप्पणी गरे । उनले भने, ‘उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो ।

 

 

तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?’

 

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय